राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री र सांसदहरूका लागि मासिक लेबी (शुल्क) तोकेको छ। पार्टीको यो नयाँ व्यवस्था अनुसार अब प्रत्येक महिना पार्टीको कोषमा करिब ३३ लाख रुपैयाँ संकलन हुने भएको छ।
पार्टी सञ्चालन र सांगठनिक कार्यहरूलाई व्यवस्थित बनाउनका लागि जनप्रनिधिहरूबाट निश्चित रकम उठाउने निर्णय गरिएको बुझिएको छ।








































