आइतबार, चैत्र १, २०८२
नृसिंह धाम पुरुषोत्तम महामहोत्सवको अवसरमा चैत १ गतेदेखि २५ गतेसम्म देशव्यापी रूपमा रथयात्रा सञ्चालन गरिने भएको छ ।
शनिबार धादिङको सदरमुकाम धादिङबेसीमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले विगत तीन वर्षदेखि डा. श्रीवास कृष्णदास ब्रह्मचारीको सत्संकल्पत्वमा नेपाल तथा विदेशका विभिन्न पवित्र तीर्थस्थलहरूमा निरन्तर रूपमा सञ्चालन हुँदै आएको १०८ तीर्थ यज्ञ कार्यक्रमको पूर्णाहुति पवित्र पुरुषोत्तम महिनाको पूर्वसन्ध्यामा नृसिंह धाममै सम्पन्न गरिने जानकारी दिएको छ । नृसिंह धाम पुरुषोत्तम महामहोत्सव मूल आयोजक समितिले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा आयोजना हुन लागेको १०८ तीर्थ यज्ञको समापनको अवसर पारेर देशव्यापी रथयात्रा गर्न लागेको हो ।
महोत्सवलाई अझ भव्य, व्यवस्थित तथा व्यापक रूपमा सञ्चालन गर्ने उद्देश्यले देशव्यापी रथयात्रा आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ ।महोत्सव अवधिभर विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। जसअन्तर्गत पुरुषोत्तम स्नान, व्रत–कथा तथा महात्म्य श्रवण, प्रत्येक गोत्रका लागि अलग–अलग हवनकुण्डको व्यवस्था गरी वैदिक विधिअनुसार हवन–पूजा गरिनेछ। साथै देश तथा विदेशबाट आमन्त्रित साधु–सन्त, विद्वान् तथा कथा वाचकहरूबाट प्रवचन तथा धर्मोपदेश कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।
यसका साथै ११ हजार शालिग्रामसहित सबालाख दण्डवती परिक्रमा गरिने विशेष धार्मिक अनुष्ठान तथा श्रीरामकथा आयोजना गरिनेछ । भक्तजनहरूको आध्यात्मिक तथा भौतिक जीवनलाई शान्त, सुख र प्रगतितर्फ उन्मुख गराउने उद्देश्यले करिब एक लाख भक्तजनलाई निःशुल्क रूपमा सिद्ध लक्ष्मी नरसिंह यन्त्र वितरण गर्ने कार्यक्रम पनि तय गरिएको आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर दैनिक पूजा–अर्चना, भजन–कीर्तन, धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रम तथा सामूहिक आध्यात्मिक साधनाका विविध कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।
प्रेस विज्ञप्ति
धादिङ–त्रिपुरासुन्दरी गाउँपालिका, वडा नम्बर १ अवस्थित बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगमस्थलमा रहेको श्री नृसिंह धामप्राचीनकालदेखि नै धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित रहेको छ। हिमवत्खण्डअन्तर्गत स्कन्दपुराण लगायत शास्त्रीय ग्रन्थहरूमा वर्णन भए अनुसार विश्वधारा माहात्म्य लगायतका धार्मिक प्रमाणहरूमा भगवान् श्रीनृसिंहदेव यही पवित्र स्थलमा प्रकट भई दिव्य लीला गर्नुभएको उल्लेख पाइन्छ। यस कारणले पनि यो स्थल हिन्दू धर्मावलम्बीहरूकालागि अत्यन्त श्रद्धा र आस्थाको केन्द्रका रूपमा स्थापित भएको छ।
प्राचीनकालदेखि नै यस क्षेत्र भगवान् नृसिंहदेवको क्रीडास्थलीका रूपमा मानिँदै आएको छ। हालसम्म यहाँ गरिएको विभिन्न अनुसन्धानतथा उत्खननका क्रममा करिब १७०० वर्ष पुराना पुरातात्त्विक अवशेषहरू फेला परेका छन्, जसले यस धामको ऐतिहासिक महत्वलाईअझ स्पष्ट रूपमा प्रमाणित गरेको छ। धार्मिक मान्यताअनुसार भक्त प्रह्लादको तपोबलद्वारा स्थापित १२ नृसिंह पीठमध्ये यो नेपालमाअवस्थित एकमात्र पवित्र पीठ भएकाले श्री नृसिंह धामको विशेष महत्व रहेकोछ । यस कारणले पनि नेपाल मात्र नभई भारत लगायतविभिन्न देशका भक्तजन तथा तीर्थयात्रीहरूका लागि यो स्थल एक महत्वपूर्ण आध्यात्मिक गन्तव्यका रूपमा रहेको छ।
प्रत्येक तीन वर्षमा आउने पुरुषोत्तम (अधिक) महिनालाई सनातन परम्परामा अत्यन्त पवित्र कालका रूपमा मानिन्छ। यो पावन महिनाभगवान् श्री नृसिंहदेवको अवतरण तथा असुर राजा हिरण्यकश्यपूको वधको पनि महिना हो । यसै पवित्र अवसरमा परापूर्व कालदेखि नैश्री नृसिंह धाम क्षेत्रमा विशेष धार्मिक महोत्सव आयोजना हुँदै आइरहेको छ । सोहि परम्परालाई पछ्याउदै यस पटक २०८३ जेष्टमहिनामा पर्ने पुरुषोत्तम महिना भर श्री नृसिंहधाम क्षेत्रमा पुरुषोत्तम महामहोत्सव आयोजना हुदैँछ |
विगत तीन वर्षदेखि डा. श्रीवास कृष्णदास ब्रह्मचारी ज्यूको सत्संकल्पत्वमा नेपाल तथा विदेशका विभिन्न पवित्र तीर्थस्थलहरूमा निरन्तररूपमा सञ्चालन हुँदै आएको १०८ तीर्थ यज्ञ कार्यक्रमको पूर्णाहुति समेत यही पवित्र पुरुषोत्तम महिनाको पूर्वसंध्यामा श्री नृसिंह धाममैसम्पन्न हुने भएकाले महोत्सवलाई अझ भव्य, व्यवस्थित तथा व्यापक रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।
महोत्सव अवधिभर विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरू आयोजना गरिनेछन्। जसअन्तर्गत पुरुषोत्तम स्नान, व्रत–कथामहात्म्य श्रवण, प्रत्येक गोत्रका लागि अलग–अलग हवनकुण्डको व्यवस्था गरी वैदिक विधिअनुसार हवन–पूजा, देश तथा विदेशबाटआमन्त्रित साधु–सन्त, विद्वान् तथा कथा वाचकहरूबाट प्रवचन तथा धर्मोपदेश कार्यक्रम सञ्चालन गरिनेछ।
यसका साथै ११,००० शालिग्रामको सबालाख दण्डवती परिक्रमा गरिने विशेष धार्मिक अनुष्ठान र श्री रामकथा पनि आयोजना गरिनेछ।भक्तजनहरूको आध्यात्मिक एवं भौतिक जीवन शान्त, सुख र उत्तरुत्तर प्रगतिको मार्गमा स्थापित गर्ने उद्देश्यले करिब एक लाखभक्तजनहरूलाई निःशुल्क रूपमा सिद्ध लक्ष्मी नरसिंह यन्त्र वितरण गर्ने कार्यक्रम समेत तय गरिएको छ। महोत्सव अवधिभर दैनिकपूजा–अर्चना, भजन–कीर्तन, धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रम तथा सामूहिक आध्यात्मिक साधनाका विविध कार्यक्रमहरूसञ्चालन गरिनेछन्।
उक्त धार्मिक महोत्सवले धार्मिक आस्था र आध्यात्मिक चेतनाको प्रवर्द्धन गर्नुका साथै धार्मिक पर्यटनको विकासमा समेत महत्वपूर्णभूमिका खेल्ने अपेक्षा गरिएको छ। देश–विदेशबाट लाखौं तीर्थयात्री तथा पर्यटकहरू धाममा दर्शन गर्न आउने भएकाले यसले स्थानीयस्तरमा आर्थिक गतिविधि वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
महोत्सवका कारण स्थानीय व्यवसाय, होटल तथा आवास सेवा, यातायात सेवा, कृषि उत्पादनको बिक्री–वितरण, साना तथा घरेलुउद्योग, हस्तकला व्यवसाय लगायतका क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ। यसबाट स्थानीय बासिन्दाको आम्दानी वृद्धि, किसान तथासाना व्यवसायीहरूको बजार विस्तार, रोजगारीका अवसर सिर्जना, सांस्कृतिक संरक्षण तथा स्थानीय पहिचान र गौरव अभिवृद्धिमामहत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै धादिङ जिल्लालाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न समेतयस महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यस ऐतिहासिक तथा राष्ट्रिय महत्वको धार्मिक महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा देश–विदेशमा यसको व्यापकप्रचार–प्रसार गर्ने उद्देश्यले फाल्गुण ३० गतेदेखि चैत्र २३ गतेसम्म २५ दिन देशव्यापी रथयात्रा आयोजना गरिने कार्यक्रम तय गरिएको छ।उक्त रथयात्रा देशका विभिन्न प्रमुख धार्मिक स्थल तथा शहरहरू हुँदै सञ्चालन गरिनेछ, जसले महोत्सवप्रति भक्तजन तथा आमसर्वसाधारणको सहभागिता र चासो अझ वृद्धि गर्ने अपेक्षा गरिएको छ।
यसै सन्दर्भमा रथयात्रा तथा महोत्सवको तयारी, कार्यक्रमको उद्देश्य र व्यवस्थापन सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यलेआयोजित यस पत्रकार अन्तरक्रिया कार्यक्रममा उपस्थित यहाँहरु सबैलाई आभार प्रकट गर्दै, उपस्थित संचारकर्मी मित्रहरूलाई समाचारसम्प्रेषण तथा महोत्सव सफल बनाउन आवश्यक समन्वय र सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ । यस महोत्सवलाई सफल, भव्यतथा ऐतिहासिक बनाउन यहाँहरुको महत्वपूर्ण भूमिका रहने अपेक्षा एवं विश्वास व्यक्त गर्दछौ |
धन्यवाद।
श्री नृसिंह धाम पुरुषोत्तम महामहोत्सव मूल आयोजक समिति त्रिपुरासुन्दरी–१, धादिङ






































