Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३६:४७ दिउँसो
- ADVERTISEMENT -

प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमणमा ८ जनाको मृत्यु

प्रकाशित मिति: २०८२ पुस १, मंगलबार

159
Shares

प्रशान्त महासागरमा तैरिरहेका तीन डुङ्गामाथि लागुऔषध तस्करीमा संलग्न भएको आशंकामा अमेरिकी सेनाले आक्रमण गर्दा आठ जनाको मृत्यु भएको छ ।

अमेरिकी सेनाको दक्षिणी कमाण्डले सामाजिक सञ्जालमा आक्रमणका दृश्यहरू राखेको छ । ‘ ती डुंगाहरु लागुऔषध तस्करीका लागि चिनिएका मार्ग हुँदै यात्रा गरिरहेका थिए र तस्करीमा संलग्न थिए,’ क्याप्शनमा भनिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्याङविरुद्धको अभियानअन्तर्गत सेनाले पछिल्ला केही महिनामा प्रशान्त र क्यारिबियन क्षेत्रमा २० भन्दा बढी जहाजहरूलाई निशाना बनाएको छ । त्यस क्रममा कम्तीमा ९० जनाको ज्यान गएको सेनाले जानकारी दिएको छ ।

अमेरिकाले पहिलोपटक २ सेप्टेम्बरमा आक्रमण गरेको थियो । यस घटनाबारे छानविन हुनुपर्ने माग पनि विज्ञहरुले गर्दै आएका छन् । किनकी, यस समय पहिलो आक्रमणमा बाँचेकाहरुलाई दोस्रोपल्ट आक्रमण गरेर मारिएको थियो ।

बीबीसीसँगको कुराकानीमा कानुनविद्हरुले भेनेजुयाली डुंगामाथिको दोस्रो आक्रमण अवैध भएको धारणा राखेका छन् । अन्तर्राष्ट्रिय कानुनअनुसार यो गैरन्यायिक हत्या हुनसक्ने उनीहरुले बताएका छन् ।

इन्टरनेटनल क्रिमिनल कोर्टका एक पूर्व प्रमुख अभियोजकले अमेरिकी सैन्य अभियान शान्तिकालमा सर्वसाधारणमाथि गरिएको सुनियोजित प्रणालीगत आक्रमणको श्रेणीमा पर्नसक्ने बताए ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने लागुऔषध कारोबारीबाट आफ्नो देशका नागरिकलाई जोगाउन वैध ढंगले नै आक्रमण गरिएको दाबी गरेको छ । यसक्रममा सशस्त्र द्वन्द्वसम्बन्धी कानुन उल्लंघन नभएको उसको दाबी छ ।

भेनेजुयलाले आफ्नो देशमा ड्रग्स तस्करीका लागि सहयोग गरिरहेको अमेरिकाको आरोप छ । उसले भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोलाई अन्तर्राष्ट्रिय जगत्‍मा एक्ल्याउने प्रयास गर्दै आएको छ । भेनेजुयलासँग आमने-सामने हुनेगरी ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ ।

डिसेम्बर १० मा अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै एउटा तेल ट्यांकर कब्जामा लिएको थियो । भेनेजुयलाले यसलाई उपनिवेशवादी सोच र डकौती भनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -