Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१६:३१ बिहान
- ADVERTISEMENT -

ठूलो संख्यामा रुग्ण ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छ : कार्यकारी निर्देशक पौडेल

प्रकाशित मिति: २०८२ मंसिर २३, मंगलबार

78
Shares

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले ठूलो संख्यामा रुग्ण ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुने बताए । नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बैंकिङ क्षेत्र बहुआयामिक रूपमा प्रभावित हुने पौडेलको भनाइ छ । ‘ठेक्का तोडिएपछि सम्बन्धित कम्पनीहरू वाच लिस्टमा पर्नुहुनेछ । त्यो अवस्थामा सम्बन्धित कम्पनीहरू कर्जा उपभोगबाट वञ्‍चित हुने अवस्था आउन सक्छ,’ उनले भने, ‘हालसम्म प्रवाह भएका कर्जा कमसल वर्गमा पर्नेछन् । त्यो अवस्थामा बैंकहरूले प्रोभिजन बढाउनुपर्ने हुन्छ । त्यो अवस्थामा बैंकहरुको खर्च बढ्ने देखिन्छ ।’

बैंकहरूले एड्भान्स पेमेन्ट ग्यारेन्टीलगायतका सुविधा पनि दिएका छन् । त्यो अवस्थामा ठेक्का तोडिँदा बैंकहरूमा दायित्व बढ्न गई थप खर्च बढ्ने उनले बताए । फलस्वरूप निर्माण कम्पनीलाई बाध्यात्मक रूपमा कालो सूचीमा राख्नुपर्ने अवस्था आउने उनले बताए । कालो सूचीमा राखेपछि कर्जा प्रवाहमा थप संकुचन आउने उनले बताए ।

ज्वाइन्ट भेन्चर (जेभी) ठेक्कामा सबै पार्टनर कम्पनी पनि उत्तरदायी हुनुपर्ने उनले बताए । कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको सुविधा आवश्यकताको अवस्थामा मात्रै दिने गरेको बताए । जेभी ठेक्कालाई व्यवस्थित बनाउन आवश्यक रहेको उनले बताए ।

जेभी कानुनी संरचना नभएको भन्दै यसलाई व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए । उनीहरू जिम्मेवार नभए थप समस्या आउन सक्ने उनको भनाइ छ । जेभीमा ठेक्का लिएपछि काम पनि संयुक्त रूपमा गर्नुपर्ने उनले सुनाए ।

कालो सूची राख्नेसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्न छलफल भइरहेको बताए । यद्यपि, कालो सूचीबाट हटाउन उत्तिकै चुनौती भएको पनि उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -