- ADVERTISEMENT -
- ADVERTISEMENT -

श्रीलंकामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुग्यो, ३५० अझै बेपत्ता

December 4, 2025
60
Shares

श्रीलंकामा हालै आएको चक्रवातले निम्त्याएको  मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलंकाको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले बिहीबार जनाएको छ ।

केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता छन् भने राष्ट्रव्यापी रूपमा ४ लाख ५५ हजार ४०५ परिवारका १६  लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । डीएमसीले विपद्का कारण १ हजार २८९ घरहरू ध्वस्त भएको र ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति भएको जनाइएको छ ।

कृषि सेवा विभागअन्तर्गतका १ हजार ७७७ वटा ट्यांकी, ४८३ वटा बाँध, एक हजार ९३६ वटा नहर र ३२८ वटा सडक क्षति ग्रस्त भएको जनाइएको छ ।

एसियाली विकास बैंकले श्रीलंकालाई आपतकालीन अवस्थामा सहयोग गर्न ३० लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ । रासस/ सिन्ह्वा

- ADVERTISEMENT -