Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०४:२० दिउँसो
- ADVERTISEMENT -

प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिट दर्ता, पहिलो सुनुवाइ मंसिर १७ मा

प्रकाशित मिति: २०८२ मंसिर १०, बुधबार

53
Shares

नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध पेस गरेको रिट निवेदन दर्ता भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार नेकपा एमालेक संसदीय दलका तर्फबाट पेस गरेको निवेदन बुधबार दर्ता भएको र आगामी पेसी मंसिर १७ का लागि तोकिएको बताए ।

मंगलबार विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संसद् पुनःस्थापनाको माग राख्दै रिट दर्ता गरेका थिए ।

रिटमा प्रधानमन्त्री सुशील कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिबाट २७ भदौमा गरिएको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्नुपर्ने एमालेले रिटमा माग गरेको छ ।

एमालेले ‘२४ भदौपछिको अवधिलाई शून्य अवधि मानी प्रतिनिधिसभा पुनःस्थापना’ गर्नुपर्ने रिटमा माग गरेको छ ।

एमालेले संविधानको धारा ७६ अनुसार सरकार गठनको नयाँ प्रक्रिया सुरु गर्ने गरी राष्ट्रपतिका नाममा परमादेश जारी गर्न पनि सर्वोच्च अदालतसँग माग गरेको छ । त्यस्तै प्रतिनिधिसभा पुनःस्थापना गरी बैठक बोलाउने व्यवस्था मिलाउन सभामुखलाई आदेश दिन माग पनि गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -