Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५८:५६ दिउँसो
- ADVERTISEMENT -

सामाजिक सञ्जालमा एनपीएल लाइभको पाइरेसी छ्या‍पछ्याप्ती

प्रकाशित मिति: २०८२ मंसिर १, सोमबार

146
Shares

 नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजन उद्घाटन खेलबाटै डिजिटल पाइरेसीको चपेटामा परेको छ । प्रतियोगिताको अवैध प्रत्यक्ष प्रसारणले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल प्लेटफर्ममा व्यापकता पाएको हो । 

सामाजिक सञ्जालमा ‘काठमाडौँ गोर्खाज भर्सेस जनकपुर बोल्ट्स’ भनेर खोज्दा सयौँ पेज र च्यानलहरूले अवैध रूपमा प्रत्यक्ष प्रसारण गरिरहेको भेटिन्छ । अधिकांशले आधिकारिक प्रसारणको वाटरमार्क हटाएर आफ्नो लोगो वा वाटरमार्क राखेर लाइभ गरेका छन् । 

यस्ता अवैध लाइभमा हजारौँ दर्शकले खेल हेरिरहेका देखिन्छन् । यसैगरी ‘यासिम टिभी’ जस्ता प्लेटफर्ममार्फत पनि खेलको पाइरेसी भइरहेको पाइएको छ ।

एनपीएलको प्रत्यक्ष प्रसारणको अधिकार टेलिभिजनका लागि स्टार स्पोर्ट्स र कान्तिपुर म्याक्सले र ओटीटीका लागि भारतमा फ्यानकोड र त्यस बाहेकका देशमा डिशहोम डिशहोम गोले पाएको छ । 

यद्यपि आधिकारिक प्लेटफर्ममध्येको एक डिशहोम गोले पहिलो खेल सबैका लागि निःशुल्क उपलब्ध गराए पनि प्रयोगकर्ताले विभिन्न प्राविधिक समस्या भोग्नु परेको गुनासो गरेका छन् । एप क्र्याश हुने, कालो स्क्रिन (ब्ल्याङ्क पेज) देखिने र भुक्तानी भइसकेपछि पनि पुनः भुक्तानीका लागि अनुरोध आउने जस्ता समस्या देखिएको प्रयोगकर्ताहरूको भनाइ छ ।

प्रतियोगिताको सुरुवातमै देखिएको यो पाइरेसीले आयोजक र आधिकारिक प्रसारकलाई ठुलो चुनौती थपिदिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -