नेपाल भारतमा जारी ब्लाइन्ड महिला टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको हो । आइतबार भएको खेलमा अमेरिकालाई १० विकेटले हराउँदै नेपाल विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले चार बलमै पूरा गर्यो । नेपालले अब लिग चरणमा मंगलबार पाकिस्तानसँग खेल्ने तालिका छ ।
जारी विश्वकपमा नेपालले चार म्याच खेल्दासम्म तीनमा जित र एक खेलमा हार बेहोरेको छ ।









































