अमेरिका बन्दका कारण एयरलाइन्सहरूलाई ट्राफिक कम गर्न निर्देशन दिइएको थियो । यसपछि, शनिबार अमेरिकामा १,४०० भन्दा बढी उडानहरू रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
फ्लाइट ट्र्याकर फ्लाइटअवेयरका अनुसार, रद्दका साथै लगभग ६ हजार उडानहरू पनि डिले भएका छन् । यो संख्या शुक्रबार डिले भएका ७ हजार उडानहरूभन्दा कम हो।
संघीय उड्डयन प्रशासन (एफएए)ले यसैसाता हवाई ट्राफिक नियन्त्रकहरूले तलब बिना काम गर्ने कारणले ४० व्यस्त विमानस्थलहरूमा हवाई यात्रा क्षमता १० प्रतिशतले घटाउने घोषणा गरेको थियो ।
नियन्त्रकको अभावले उडानहरूलाई उल्लेखनीय रूपमा असर गरेको छ। हवाई ट्राफिक नियन्त्रकहरूले या त बिरामी बिदा लिइरहेका छन् वा अन्यत्र काम गरिरहेका छन् ।
अमेरिकी संसदको हाउस अफ कंग्रेसमा रिपब्लिकन र डेमोक्र्याटहरू अझै पनि यस मुद्दामा सहमतिमा पुग्न असमर्थ छन् र यस वर्षको अक्टोबर १ मा शुरू भएको सटडाउन जारी छ।








































