Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३८:३८ दिउँसो
- ADVERTISEMENT -

एन्फामा पारदर्शिता र जवाफदेहिता माग्दै खेलाडीको धर्ना (तस्बिरसहित)

प्रकाशित मिति: २०८२ कात्तिक २०, बिहीबार

169
Shares

 नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)मा देखिएको विकृतिविरुद्ध खेलाडीहरूले धर्ना दिएका छन् । बिहीबार बिहान एन्फा मुख्यालयमा नेपाल फुटबल खेलाडी संघले एक घण्टा धर्ना दिएको हो ।

धर्नमा सहभागीहरूले ‘एन्फा फुटबल एसोसिएसन कि कन्सल्टेन्सी ?,’ ‘विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?’ ‘नो गेम, नो फ्रेम : एन्फाज टू ब्लेम’, ‘घरेलु लिग चलाऊ : फुटबल बचाऊ’, ‘वाक्क लाग्दो एन्फा : दिक्क लाग्दो नेपाली फुटबल’, ‘फुटबल क्यालेन्डरमा होइन, ग्राउन्डमा चाहियो’लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

एन्फाभित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ । हालै धुलिखेलमा सम्पन्न साधारण सभामा, अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि क्लबहरूले आर्थिक अनियमितताको आरोप लगाएका थिए ।

०८२ मा फुटबल गतिविधिका लागि एक अर्ब ५६ करोड रुपैयाँ खर्च भएको एन्फाको दाबी छ । तर, यस रकमको विस्तृत हिसाब सार्वजनिक नहुँदा क्लबहरूले असन्तुष्टि जनाएका छन् ।

यसबाहेक खेलाडीहरूको तलब र सुविधाको विषयमा पनि विवाद छ । गत सिजनमा केही क्लबहरूले खेलाडीहरूलाई समयमै तलब नदिएको गुनासो आएको थियो ।

Protest-at-ANFA_NPL-(9)-1762410664.jpeg
Protest-at-ANFA_NPL-(7)-1762410664.jpeg
Protest-at-ANFA_NPL-(8)-1762410664.jpeg
Protest-at-ANFA_NPL-(10)-1762410664.jpeg
Protest-at-ANFA_NPL-(5)-1762410663.jpeg
Protest-at-ANFA_NPL-(6)-1762410663.jpeg
Protest-at-ANFA_NPL-(2)-1762410661.jpeg
Protest-at-ANFA_NPL-(1)-1762410662.jpeg
Protest-at-ANFA_NPL-(4)-1762410662.jpeg

तस्बिरहरू : एनपीएल

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -