Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:४९ दिउँसो
- ADVERTISEMENT -

युवाले प्रदर्शन र तालाबन्दी गरेपछि कांग्रेसको मुख्यालयमा तनाव

प्रकाशित मिति: २०८२ कात्तिक १६, आइतबार

125
Shares

 नेपाली कांग्रेस सुधार अभियान (चालीस वर्ष मुनिका यू-४०) ले पार्टीको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेपछि पार्टीको मुख्य कार्यालयमा तनाव उत्पन्न भएको छ ।

उनीहरू सुरक्षा घेरा तोडेर प्रदर्शन गर्दै पार्टी मुख्यालयको गेटसम्म पुगेर ताला लगाउन सफल भएका छन् । पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमा प्रहरी तैनाथ गरिए पनि प्रदर्शनकारीको समूह गेटसम्म पुग्न सफल भएका हुन् । 

पार्टी कार्यालयको प्राङ्गण प्रवेश गर्ने गेट बन्द गरिएपछि प्रदर्शनकारी बाहिरै बसेर नाराबाजी गरिरहेका छन्। उनीहरूले नियमित महाधिवेशन र युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् ।

उनीहरूले नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गर्नसमेत माग गरे । आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगर्न पनि उनीहरूले चेतावनी दिएका छन् । 

सो क्रममा नेविसंघ नेता भुवन भट्टले आफूहरूले नेपाली कांग्रेस सुधार अभियान चलाएको बताए । नवयुवाको परिवर्तनको आकांक्षालाई नजरअन्दाज गर्न नमिल्ने भन्दै उनले समयसापेक्ष रूपमा आफूलाई परिवर्तन गर्दै जानुपर्नेमा जोड दिए ।

जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी भएपछि कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाइएको छ। सुरक्षाकर्मीले चेक जाँच गरेर मात्रै पार्टी कार्यालयमा प्रवेश गर्न दिएका छन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -