चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको निम्ति युगान्डाका अलराउन्डर अल्पेश रामजानीलाई भित्र्याएको छ । बिहीबार चितवनले रामजानीलाई भित्र्याएको जनाएको छ ।
रामजानीले टी–२० क्रिकेटमा ९३२ रन बनाएका छन् । त्यसैगरी, टी–२० आई क्रिकेटमा रामजानीले ८५० रन जोडेका छन् ।
टी–२० मा रामजानीको नाममा १०३ विकेट छ । चितवनले रामजानीलाई चौथो विदेशी खेलाडीको रूपमा भित्र्याएको हो ।
यसअघि चितवनले इंग्ल्यान्डका डेविड मिलान, इंग्ल्यान्डका अलराउन्डर ब्याटर रवि बोपारा र पाकिस्तानका बलर सोहल तान्बिरलाई भित्र्याएको थियो । योसँगै चितवनले विदेशी खेलाडीको कोटा पूरा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिरदेखि सुरु हुँदै छ । प्रतियोगितामा चितवनसँगै जनकपुर बोल्टस्, सुदूरपश्चिम रोयाल्स, कार्णाली याक्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र चितवन राइनोज सहभागिता रहनेछ । प्रतियोगिता मंसिर २७ गतेसम्म हुनेछ ।









































