Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:११:१४ दिउँसो
- ADVERTISEMENT -

‘सुशीला कार्की र अनिल कुमार सिन्हाको संविधानप्रति निष्ठा देखिएन’

प्रकाशित मिति: २०८२ कात्तिक १२, बुधबार

144
Shares

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पूर्व प्रधान न्यायाधीश सुशीला कार्की र पूर्व न्यायाधीश अनिलकुमार सिन्हाको संविधानप्रतिको निष्ठामा गम्भीर प्रश्न उठाएका छन्। प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशलाई प्रधानमन्त्री र मन्त्रीको नियुक्तिका लागि दौडिने बाटो संविधानले नै बन्द गरेको भन्दै नियुक्ति दिएका दुवैजनाको संवैधानिक निष्ठामा गम्भीर प्रश्न उठेको बताए । उनले प्रधानमन्त्री र मन्त्री नियुक्त भएर काम गरिरहेका उनीहरूले यस अदालतबाट विगतमा दिएका फैसलाहरू र निर्णयहरू पुनः परीक्षणको आवश्यकता देखिएको बताए। 

“नेपालको संविधानले प्रधान न्यायाधीश र सर्वोच्च अदालतको न्यायाधीशलाई प्रधानमन्त्री र मन्त्रीको नियुक्तिका लागि दौडिने छुट दिएको छैन । उहाँहरू नियुक्तिका लागि दौडिनु मात्रै भएन नियुक्ति लिएर पदमा बहाल हुनुहुन्छ। त्यसकारण उहाँहरुले यस अदालतमा गरेका हरेक निर्णयको परीक्षण अदालतबाटै हुनुपर्ने भयो,” भण्डारीले भने, “संविधानप्रतिको निष्ठा नभएको व्यक्ति प्रधान न्यायाधीश र न्यायाधीश बन्न सक्दैन। त्यसैले उहाँहरुबाट भएका निर्णयहरूमाथि प्रश्न उठ्ने भयो।” 

उनले त्यस्ता व्यक्तिहरूलाई राष्ट्रपतिबाट भएको नियुक्ति संविधानसम्मत नभएकाले तत्काल खारेज हुनुपर्ने दाबी दिए । वरिष्ठ अधिवक्ता भण्डारीले संसद् विघटन विरुद्धको रिटकर्ता युवराज पौडेलका तर्फबाट बहस गरेका थिए । 
अधिवक्ता भण्डारीले जेनजी प्रदर्शनकारीले भ्रष्टाचार नियन्त्रण र सुशासनको एउटा सामाजिक सञ्जाल बन्दको विरुद्धको अर्को निर्णय फिर्ता गर्ने माग गरेका थिए ।

त्यसपछि सरकारका तर्फबाट २३ गते भएको हताहतीमा संलग्न माथि कारबाहीको माग थपिएको उनले बताए । अब सर्वोच्च अदालतबाट आउने अन्तरिम आदेशले जेनजीका माग सम्बोधनमा पुग्नु नहुने उनको दाबी छ । 

भण्डारीले जेनजी आन्दोलनपछिको परिवर्तित परिस्थितिलाई सम्बोधन हुने गरी संविधान संशोधन आवश्यक भएकाले त्यो काम पुनस्थापित संसदबाट हुनुपर्ने बताए । 

त्यही कारण अन्तरिम आदेशबाट विगटित प्रतिनिधिसभा पुनस्थापित हुनुपर्ने बताए। उनले चरम देखाउ आदेशमा सात दिनको म्याद दिने अभ्यास छोडेर तीन दिनभित्र जवाफमा कि अन्तरिम आदेश हुनुपर्ने बताए । 

राष्ट्रपतिबाट सरकार गठन गर्ने संविधानको धारा नै प्रयोग गर्ने ठाउँ बन्द भएका कारण धारा ६१ को सहारा लिनुपरेको भन्दै यस्ता परिस्थितिको सम्बोधन गर्ने गरी पुनस्थापित संसदले संविधान संशोधन गरिदिनुपर्ने बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -