Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३६:२२ दिउँसो
- ADVERTISEMENT -

ओडिआई लिग–२ सिरिजः नेपाललाई अमेरिकाद्वारा २६३ रनको टार्गेट

प्रकाशित मिति: २०८२ कात्तिक ९, आइतबार

137
Shares

अमेरिकाले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग –२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाललाई दुई सय ६३ रनको लक्ष्य दिएको छ । 

आइतबार युएईको दुबईमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६२ रन बनाएको हो । अमेरिकाको इनिङ्समा दुई खेलाडीले अर्धसतक बनाएका थिए । यो शृंखलामा नेपाल र अमेरिकासहित आयोजक संयुक्त अरब इमिरेट्स (युएइ) सहभागी छन् । 

टस हारेको अमेरिकाको लागि स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाए । भारतीय यु–१९ टिमबाट खेलिसकेका पटेलले १०० बलमा ९ चौका प्रहार गर्दा सोमपाल कामी र करण केसीले रनआउट गराएका थिए । मिलिन्द कुमारले अविजिता ६८ रन जोडे । उनले ४९ बलमा ६ चौका र २ छक्का हिर्काएका थिए । 

तेस्रो विकेटको लागि पटेल र मुक्कमल्लले ११४ बलमा सर्वाधिक ९५ रनको साझेदारी गरेका थिए । १३.५ ओभरमा ४८ रन बनाउँदा दुई विकेट गुमाएको अमेरिकालाई पटेल र मुक्कमल्लले मिलेर ३२.५ ओभरसम्म पुर्याएका थिए । तेस्रो विकेट गुमाउँदा अमेरिकाले एक सय ४३ रन बनाएको थियो । 

यसबाहेक साइतेजा मुकमल्लले ५८ बलमा ३ चौका र १ छक्कासहित ४२ रनको योगदान गरेका थिए । सुभम रन्जने १९ रन बनाएर पेभिलियन फर्किएका थिए । छैटौं विकेटको लागि मिलिन्द र रन्जनेले ५० बलमा ५६ रनको दोस्रो ठूलो साझेदारी गरेका हुन् । हरमीत सिंहले १६ रन बनाए ।

प्रशिक्षक स्टुआर्ट लले अमेरिका करण र सोमपालसहित ८ बलर प्रयोग गरेका थिए । १० ओभरमा ५६ रन खर्चिएका सन्दीपले दुई विकेट लिएका थिए । सोमपाल, आरिफ शेख, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए । दश ओभर बलिङ गरेका करणसहित गुल्शन झा, ललित नारायण राजवंशी र कुशल भुर्तेल विकेट विहिन भए । 

नेपाल १६ खेलमा १२ अंकसहित आठ टोली सहभागी लिगको सातौं स्थानमा छ । अमेरिका भने २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -