लामो समयको अध्ययन, अनुसन्धान, बहस र सहकार्यपछि मार्क्सवादी मञ्च (नेपाल) औपचारिक रूपमा गठन गरिएको छ। संगठनको स्थापना २०७६ माघ १५ गते काठमाडौँमा भए पनि केन्द्रीय कमिटीको घोषणा २०८२ असोज २८ गते, बुधवारका दिन गरिएको हो। मञ्चका अध्यक्ष धिरेन शाही र महासचिव दुर्गा प्रसाद रहेका छन्।
सातै प्रदेशमा क्रमशः पवन लिम्बू, रोबिन सिंह यादव, आत्माराम पहरी, आर.सी. सिर्मल, गणेश अधिकारी, बिमल रोकाया र हस्त बि.क. लाई प्रदेश इञ्चार्ज तोकिएको छ भने एच.आर. कमरेडको नेतृत्वमा १० जनाको विदेश इञ्चार्जसमेत गठन गरिएको छ। संगठनका सदस्यहरू स्थापना कालदेखि नै मार्क्सवादी अध्ययन, बहस, विद्यार्थी आन्दोलन, एमसीसी विरोध, मिटरब्याज पीडित तथा किसान आन्दोलनमा सक्रिय रहँदै आएका छन्।

विज्ञप्तिमा मञ्च श्रमिक, किसान, मजदुर, विद्यार्थी तथा उत्पीडित वर्गको पक्षमा सधैं अग्रसर रहने उल्लेख गरिएको छ। यसै सन्दर्भमा महासचिव दुर्गा प्रसादले संगठनको उद्देश्य र आगामी योजना सम्बन्धी विस्तृत जानकारी सिमपानी लाई दिनुभएको छ।








































