Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:२८ दिउँसो
- ADVERTISEMENT -

छिमेकीको घरमा वाइफाइ चलाउन गएकी किशोरीमाथि बलात्कार, दुई वर्षसम्म पक्राउ परेनन् आरोपी

प्रकाशित मिति: २०८२ भदौ १८, बुधबार

140
Shares

सुनसरीमा छिमेकीको घरमा इन्टरनेट चलाउन गएकी १७ वर्षीया किशोरीमाथि बलात्कार भएको लामो समय हुँदा पनि आरोपी पक्राउ परेका छैनन्। छिमेकीको घरमा वाइफाइ चलाउन गएकी बर्जु गाउँपालिकाकी एक किशोरीमाथि बलात्कार भएको भन्दै प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

बलात्कार आरोपमा  बर्जु गाउँपालिकाका-५ का ३९ वर्षीय सितला भन्ने चितनारायण चौधरीविरूद्ध भदौ १५ गते मुद्दा दर्ता भएको हो। घटना भएदेखि नै चौधरी फरार रहेकाले मुद्दा दर्ताको हद म्याद सकिन लागेकाले अहिले दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए।

‘उनी फरार छन्, हामी कानुनी प्रक्रियामा अघि बढिसक्यौं,’ एसपी तिमल्सिनाले भने, ‘प्रतिवादी उपस्थित नभए पनि फैसला हुन्छ। जहिले जहाँ भेटे पनि पक्राउ गरेर थुन्छौं।’ उनका अनुसार बलात्कार मुद्दामा दुई वर्षभित्रमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता गराउनुपर्ने कानुनी व्यवस्था छ। लामो समयसम्म प्रतिवादी पक्राउ नपरेको र घटनाक्रमले दोषी प्रमाणित भएकाले कानुनी कारबाही अगाडि बढाइएको हो।

अहिले पनि चौधरीलाई प्रहरीले खोजिरहेको छ। घटना दुई वर्षअघि अर्थात् २०८० भदौ १७ गतेको हो।सिन्धुली घर भएकी १७ वर्षीया किशोरी आमाको निधनपछि मामाघर बस्दै आएकी थिइन्। 

छिमेकी राजवतीदेवी चौधरी आफन्त पर्ने भएकाले चितनारायण त्यहाँ आइरहन्थे। उनीसँग किशोरीको पनि चिनजान थियो। उनले भिनाजु भनेर बोलाउने गर्थिन्। छिमेकी प्रदीपको घरमा इन्टरनेट भएकाले किशोरी प्राय: त्यहाँ गएर मोबाइल चलाउने गर्थिन्। २०८० भदौ १५ गतेको दिन पनि किशोरी आँगनमा बसेर मोबाइल चलाइरहेकी थिइन्। ‘मोबाइल चलाइरहेको बेलामा एक्कासी आँगनबाट हातमा समाई घरभित्र लैजान तान्नु भयो,’ किशोरीले बयानमा भनेकी छन्, ‘उहाँको हातबाट मेरो हात झड्कालेर फुस्काई त्यहाँबाट भागेँ।’

भोलिपल्ट १६ गते डरले किशोरी मोबाइल चलाउन छिमेकी घरमा गइनन् तर दिनभर त्यसै बस्नुपर्ने भएकाले १७ गते भने पुन: छिमेकीको घरमा मोबाइल चलाउन गएको उनले बताएकी छन्। त्यो दिन बिहानको खाना खाएर घरधन्दा सकेर दिउँसो १ बजेतिर मोबाइल चलाउन छिमेकीको घरमा गइन्। उनी मोबाइल चलाउन जाँदा कहिले पनि छिमेकीको घरभित्र जाँदैनथिन्। आँगन वा बरण्डामा बसेर चलाउँथिन्।

‘त्यो दिन घरको ढोका होडे बनाएकाले छिमेकी आन्टी घरभित्रै हुनुहुन्छ होला भन्ने सोचेर बरण्डामा बसेर मोबाइल चलाइरहेको थिएँ,’ उनी भन्छिन्, ‘घरभित्रबाट एक्कासी चितनारायण बाहिर निस्किएर तान्दै भित्र लैजानुभयो। किन यसो गर्नु भएको भन्दै रोएँ, रूँदा हल्ला नगर केही हुँदै भनि घिसार्दै लग्नुभयो। घिसार्दै खाटमा पुर्‍याएपछि चिच्चाउँदा हल्ला गरिस भने मारिदिन्छु भन्दै कपडा खोलेर बलात्कार गर्नुभयो। केहीबेरपछि मात्र छोडिदिनु भयो र कसैलाई भनेमा मार्ने धम्की दिनुभयो।’

उनले ज्यान मार्ने धम्की दिएकाले त्यो दिन कसैलाई भन्न सकिनन् तर घटनाले गर्दा उनी कोहीसँग बोल्न र हिँडडुल गर्न सकिनन्। उनलाई मामा-माइजुले के भएको भनेर पटक-पटक सोधपुछ गरे। उनले त्यो दिन केही बोलिनन्।

१८ गते बिरामी भएको भए अस्पताल लैजान लाग्दा इन्कार गरिन्। त्यसपछि झन किन अस्पताल नजाने भनेर सोधपुछ गर्दा आफूमाथि भएको घटनाबारे सबै जानकारी दिइएको किशोरीले जानकारी दिइन्।

‘त्यसपछि मामा माइजुसहित प्रहरीकोमा गएका हौं,’ किशोरीले सेतोपाटीसँग भनिन्, ‘घटना भएको दुई वर्ष बित्दा पनि चितनारायण पक्राउ परेका छैनन्।’

आफूमाथि बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनलाई उनले अनुरोध गरेकी छन्। इन्टरनेट राख्ने घरधनीले पनि चितनारायणलाई कारबाही गर्न माग गरेकी छन्।

श्रीमान वैदेशिक रोजगारीका लागि विदेश र छोरा अध्ययनको लागि विदेश भएकाले उनीहरूसँग कुराकानी गर्न इन्टरनेट राखिएको उनको भनाइ छ। 

चितनारायण र राजवती नातेदार पर्छन्।

‘नाताले ज्वाइँ पर्ने र एउटै गाउँको भएकाले आवतजावत गरिरहनुहुन्थ्यो,’ राजवतीदेवीले बयानमा भनेकी छन्, ‘घटना भएको दिन भने म धान गोड्ने खेताला भएकाले खाना खाएर ढोका ढप्काइ खेतमा गएको थिएँ।’

दिनभरि खेतमा काम गरी बेलुका घरमा आई कामधन्धा गरेर सुतेको उनले बताइन्। १८ गते प्रहरी घरमा आउँदा मात्र किशोरीमाथि बलात्कार भएको थाहा पाएको उनले बताएकी छिन्।

शारीरिक परीक्षण र बयानअनुसार किशोरीमाथि बलात्कार भएको देखिएको एक प्रहरीले बताए।

किशोरीको जन्मदर्ता अनुसार १८ वर्ष ८ महिना हुँदा बलात्कार भएकाले चितनारायणलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम कैद सजाय माग गरिएको छ।

दफा २१९ (३) (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी किशोरी भए सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने प्रावधान छ। साथै क्षतिपूर्तिको पनि माग गरेको छ।

प्रतिवादी फरार भएकाले मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को ९६ (१) बमोजिम कारबाही र सुनुवाइ गरी मुलुकी फौजदारी कार्यविधि सहिंताको दफा १२९ बमोजिम बन्द इजलासमा किनारा गरी पाऊँ भनेर प्रहरीले भनेको छ।

९६ (१) सरकार वादी भई चलेको फौजदारी मुद्दाको हकमा प्रतिवादी उपस्थित हुने अवधि समाप्त भएपछि लगातार कारबाही र सुनुवाइ गरी किनारा गर्न सकिने कानुनी प्रावधान छ।

लामो समयसम्म कानुनी प्रक्रियामा धाइरहनुपर्ने भएकाले बन्द इजलासमा किनारा गर्न भनिएको प्रहरीको भनाइ छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -