काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित माछापोखरीमा मंगलबार दिउँसो एक युवती लुटपाटको शिकार भएकी छिन्।
चाबहिलबाट महानगर यातायातको बसमा चढेकी ती युवती माछापोखरीमा ओर्लिने क्रममा अपरिचित चार जनाले उनको सिक्री लुटेका हुन्। प्रहरीका अनुसार आधा तोला तौल भएको करिब ९८ हजार रुपैयाँ मूल्य बराबरको सिक्री लुटिएको छ।
घटनापछि लुटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए।








































