चार दिनदेखि बेपत्ता एक जना महिला १० महिने छोरीसहित कैलालीको गौरीशंकर सामुदायिक बनमा मृत फेला परेकी छन्। कैलालीमा एक महिला र उनकी १० महिनाकी छोरीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो।
घोडाघोडी नगरपालिका–७ निवासी २१ वर्षीया आरती डंगौरा र उनकी छोरी अनुजा टगौरा मृत अवस्थामा भेटिएका हुन्।घटनाबारे अनुसन्धान थालेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरूमा छोरीलाई झुण्ड्याएर र त्यसपछि आमाले आत्महत्या गरेको देखिन्छ।








































