Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०५:२९ दिउँसो
- ADVERTISEMENT -

भारी वर्षा र भूस्खलनका कारण उत्तरी चीनमा ३० जनाको मृत्यु

प्रकाशित मिति: २०८२ साउन १३, मंगलबार

193
Shares

बेइजिङमा भारी वर्षाले ३० जनाको ज्यान लिएपछि अधिकारीहरूलाई हजारौँ मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ । 

उत्तरी चीनका विस्तृत भूभागहरूमा मुसलधारे वर्षाले घातक पहिरोहरू निम्त्याएको राज्य सञ्चारमाध्यमले मंगलबार जनाएको छ । मौसम अधिकारीहरूले राजधानी, छिमेकी हेबेई र तियानजिनका साथै उत्तरी, पूर्वी र दक्षिणी चीनका अन्य १० प्रान्तका लागि दोस्रो उच्च वर्षाको चेतावनी जारी गरेको राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

वर्षा बुधबारसम्म जारी रहने अपेक्षा गरिएको छ ।

“सोमबार मध्यरातसम्म पछिल्लो चरणको भारी आँधी वर्षाले बेइजिङमा ३० जनाको ज्यान लिएको छ,“ सिन्ह्वाले सहरको नगरपालिका बाढी नियन्त्रण मुख्यालयलाई उद्धृत गर्दै भनेको छ ।

चिनियाँ राजधानीमा मात्रै ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सरकारी आउटलेट बेइजिङ डेलीले सामाजिक सञ्जालमा जनाएको छ ।सहरको केन्द्रबाट उत्तरपूर्वमा रहेको उपनगरीय जिल्ला मियुनमा सबैभन्दा बढी मृत्यु भएको बताइएको छ ।

सहरको उत्तरमा रहेको हुआइरोउ जिल्ला र दक्षिणपश्चिममा रहेको फाङ्सान पनि नराम्ररी प्रभावित भएको राज्य सञ्चार माध्यमले जनाएको छ । दर्जनौँ सडक बन्द भएको र १३० वटाभन्दा बढी गाउँले बिजुली गुमाएको बेइजिङ डेलीले जनाएको छ ।

“कृपया मौसम पूर्वानुमान र चेतावनीहरूमा ध्यान दिनुहोस् र आवश्यक नभएसम्म जोखिमपूर्ण क्षेत्रहरूमा नजानुहोस्”, आउटलेटले भन्यो ।

पूर्ण प्रयासहरू

चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार राति अधिकारीहरूलाई सबैभन्दा खराब अवस्थाका लागि योजना बनाउन र बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई स्थानान्तरण गर्न आग्रह गरेका छन् । बेइजिङ डेलीका अनुसार स्थानीय अधिकारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी र उद्धारका लागि र हताहतीको सङ्ख्या घटाउन सबै प्रयास गरेका छन् ।

सरकारले भारी वर्षाले प्रभावित नौ क्षेत्रमा विपद् राहतका लागि ३५ करोड युआन (चार करोड ९० लाख डलर) छुट्याएको राज्य प्रसारणकर्ता सिसिटिभीले मङ्गलबार जनाएको छ । यसमा उत्तरी बेइजिङ, तियानजिन, हेबेई, साङ्सी, साआङ्सी, भित्री मङ्गोलिया, उत्तरपूर्वी जिलिन, पूर्वी साङ्डोङ र दक्षिणी गुआङ्डोङ समावेश छन् । राजधानीका लागि छुट्टै २० करोड युआन छुट्याइएको प्रसारकले बताएको छ ।

राजधानीलाई घेरेको हेबेई प्रान्तमा चेङ्दे सहर नजिकैको गाउँमा भएको भूस्खलनमा चार जनाको मृत्यु भएको र आठ जना अझै बेपत्ता रहेको सिसिटिभीले सोमबार जनाएको छ ।

स्थानीय अधिकारीहरूले मङ्गलबार साँझसम्म आकस्मिक बाढीको चेतावनी जारी गरेका छन् । चेङ्दे र वरपरका क्षेत्रहरू उच्च सतर्कतामा रहेको हेबेईको रेडियो र टेलिभिजन स्टेसनले जनाएको छ ।

सन् २०२३ मा भारी वर्षाले उत्तरी र उत्तरपूर्वी चीनमा ८० जनाभन्दा बढीको ज्यान गएको थियो । यसमा हेबेईमा कम्तीमा २९ जना थिए । त्यहाँ गम्भीर बाढीले घर र बालीका खेतहरू नष्ट गरेको थियो । त्यस समयका केही रिपोर्टहरूले बाढीलाई राजधानीबाट टाढा सार्ने सरकारी निर्णयको भार प्रान्तले बोकेको बताएका थिए ।

जलवायु परिवर्तन कारक

चीनभर प्राकृतिक प्रकोपहरू सामान्य छन् । विशेष गरी गर्मीमा जब केही क्षेत्रहरूले भारी वर्षाको अनुभव गर्छन् भने अरूहरू भीषण गर्मी हुन्छ । चीन हरितगृह ग्यासहरूको विश्वको सबैभन्दा ठूलो उत्सर्जनकर्ता हो । वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यासले जलवायु परिवर्तनलाई चलाउँछ र चरम मौसमलाई अधिक बारम्बार र तीव्र बनाउन योगदान गर्छ ।

तर चीन एक विश्वव्यापी नवीकरणीय ऊर्जा पावरहाउस पनि हो । यस मुलुकले सन् २०६० सम्ममा आफ्नो विशाल अर्थतन्त्रलाई कार्बन–तटस्थ बनाउने लक्ष्य राखेको छ । यस महिना पूर्वी सान्डोङ प्रान्तमा आएको बाढीमा दुई जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता भएका थिए ।

यस महिना सिचुआन प्रान्तको राजमार्गमा भएको भूस्खलनले पनि पहाडको छेउमा धेरै कारहरू बगाएपछि पाँच जनाको मृत्यु भएको थियो । –रासस/एएफपी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -