Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२७:१९ बिहान
- ADVERTISEMENT -

सहमतिपछि पनि व्यवसायीले सञ्चालन गरेनन् यातायात

प्रकाशित मिति: २०८२ जेठ २०, मंगलबार

88
Shares

सार्वजनिक सवारी नचलेपछि मंगलबार काठमाडौं उपत्यकाका सडकहरू सुनसान देखिएका छन् । यातायात बन्द हुँदा नियमित कामकाजमा जाने सर्वसाधारण, बालबालिका, बिरामी र ज्येष्ठ नागरिकहरू मर्कामा परेका छन् ।

केही बस, फोर्स गाडी, भाडाका ट्याक्सी र साझा यातायातका बसहरू मात्र छिटपुट रूपमा चलेका छन् । प्रहरीले पनि केही स्थानमा निःशुल्क बस सञ्चालन गरेको छ ।

गण्डकी प्रदेश सरकारले राइडसेयरिङ सेवा पठाओ, इनड्राइभलगायतलाई वैधानिकता दिने नियमावली जारी गरेपछि त्यसको विरोधमा यातायात व्यवसायीहरू शुक्रबारदेखि आन्दोलनमा छन् । उनीहरूले जेठ १९ गतेदेखि देशव्यापी चक्काजाम गरेका हुन् ।

यसअघि यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका थिए । तर, सहमतिअनुसार सवारी भने चल्न सकेका छैनन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले गण्डकी प्रदेश सरकारले एक वर्षअघिको प्रतिबद्धता उल्ट्याएको भन्दै विश्वास गुमेको बताएका छन् । 

संघीय सरकारसँगको वार्तामा सहमति भए पनि गण्डकी प्रदेश सरकारबाट नियमावली स्थगन नभएकाले चक्काजाम फिर्ता नलिइएको स्वाँरको भनाइ छ । सहमति कार्यान्वयनका लागि पत्राचार प्रक्रिया सुरु गरिएको भए पनि व्यवसायीहरू अझै पर्ख र हेरको अवस्थामा छन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -