Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:१२ दिउँसो
- ADVERTISEMENT -

गोरखा–१ मा भूमि अधिकारको प्रत्याभूति, आयोगद्वारा भूमिहीनलाई निस्सा वितरण(तस्बिरहरु)

प्रकाशित मिति: २०८२ जेठ १६, शुक्रबार

186
Shares

भूमिहीन नागरिकलाई जग्गा अधिकार दिलाउने उद्देश्यसहित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिकामा “संस्थागत भूमि वितरण कार्यक्रम” सम्पन्न भएको छ। भूमि आयोगको आयोजनामा भएको उक्त कार्यक्रममा गोरखा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईं प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा गण्डकी प्रदेशसभा प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, भूमि आयोग गोरखा प्रमुख राजनराज पन्त, र चुम नुब्री गाउँपालिका अध्यक्ष निमा लामा विशिष्ट अतिथि थिए। यस्तै, वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधिहरू, समुदायका अग्रजहरू, सामाजिक अगुवा तथा सरोकारवाला निकायहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य दीर्घकालदेखि भूमि अधिकारबाट वञ्चित रहेकालाई कानुनी प्रक्रिया अनुसार निस्सा वितरण गर्ने रहेको आयोजकले जनाएका छन्। भूमि आयोगले स्थानिय तहसँग समन्वय गर्दै भूमिहीनहरूको पहिचान, प्रमाणिकरण र नक्साङ्कनपछि निस्सा वितरणको कार्य अघि बढाएको हो।

प्रमुख अतिथि राजेन्द्र बजगाईंले कार्यक्रममा बोल्दै भूमिहीनलाई जग्गा वितरण गर्नु राज्यको सामाजिक उत्तरदायित्व भएको बताए। “विकासको पहुँच सबै नागरिकमा पुग्नुपर्छ,” उनले भने, “जसको नाममा जग्गा छैन, उसलाई विकासको लाभ पनि पुग्दैन। भूमि वितरणले उनीहरूलाई राज्यको मुख्यधारमा ल्याउनेछ।”

त्यस्तै, प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले राज्यको सेवा सबै नागरिकसम्म पुग्नुपर्नेमा जोड दिँदै भूमि आयोगको प्रयास सराहनीय रहेको बताए।
भूमि आयोग गोरखाका प्रमुख राजनराज पन्तले निस्सा वितरणको सम्पूर्ण प्रक्रिया पारदर्शी र निष्पक्ष रहेको जानकारी दिए।

चुम नुब्री गाउँपालिका अध्यक्ष निमा लामाले पालिकाले भूमिहीनको सूची संकलनदेखि प्रमाणिकरणसम्म पूर्ण सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा पनि आयोगसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले भूमिहीनको जीवनस्तर उकास्न यस्ता कार्यक्रम आवश्यक रहेको बताएका थिए। सहभागी लाभग्राहीहरू भने निस्सा प्राप्तिपछि निकै खुसी देखिन्थे।

एक लाभग्राहीले भनिन्, “यो जग्गा हाम्रो आफ्नै भन्ने प्रमाण हात पाउँदा निकै राहत महसुस भएको छ। अब घर बनाउन पनि ढुक्क भएर लाग्न सक्छौं।”

यस कार्यक्रममार्फत भूमिहीनहरूको सामाजिक सुरक्षामा सघन टेवा पुग्ने अपेक्षा गरिएको छ। भूमि आयोगले देशका अन्य भूभागमा पनि क्रमशः यस्ता वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

फोटोहरु:-

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -