Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३८:०५ दिउँसो
- ADVERTISEMENT -

राष्ट्रसंघीय शान्ति मिसनमा १० हजार सैनिक खटाउन नेपाल तयार

प्रकाशित मिति: २०८२ जेठ २, शुक्रबार

203
Shares
Nepalese soldiers march past during Army Day celebrations held on a military parade ground in Kathmandu on February 12, 2010. Nepal Army celebrated its annual Army Day function. AFP PHOTO/Prakash MATHEMA (Photo credit should read PRAKASH MATHEMA/AFP via Getty Images)

 रक्षामन्त्री मानवीर राईले संयुक्त राष्ट्रसंघका शान्ति मिसनहरूमा आगामी दिनमा १० हजार शान्ति सैनिक खटाउन नेपाल तयार रहेको बताएका छन् । जर्मनीको बर्लिनमा वैशाख ३० र ३१ गते भएको ‘यूएन पिसकिमिङ मिनिस्टरियल, २०२५’ मा उनले उक्त प्रतिबद्धता जनाएका हुन् । 

“उहाँ (रक्षामन्त्री)ले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले सन् १९५८ देखि नै बिनाकुनै सर्त निरन्तर शान्ति सैनिकहरू खटाउँदै आएको र संयुक्त राष्ट्रसंघको अनुरोधमा नेपाल आगामी दिनमा १० हजारसम्म शान्ति सैनिकहरू खटाउन तयार रहेको प्रतिबद्धता जाहेर गर्दै नेपाल ‘र्‍यापिड डिप्लोयमेन्ट लेभल वर्कसप’ आयोजना गर्न समेत तयार रहेको कुरा व्यक्त गर्नुभयो,” रक्षा मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।  

उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रक्षामन्त्री राई सहभागी भएका हुन् । सम्मेलनमा ८० भन्दा बढी देशका रक्षा तथा परराष्ट्रमन्त्रीहरूको सहभागिता रहेको थियो । उक्त उच्चस्तरीय सम्मेलनमा मन्त्री राईले नेपालको तर्फबाट मन्तव्य राख्दै संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति, सुरक्षा र मानवीय सहायताहरू सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।

सम्बोधनका क्रममा रक्षामन्त्री राईले नेपाली शान्ति सैनिकहरूले विश्व शान्तिमा उल्लेख्य योगदान पुर्‍याएको दाबी समेत गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपालको लामो समयदेखिको अविचलित प्रतिबद्धता रहेको कुरा जनाउँदै उनले हाल विभिन्न ११ वटा शान्ति मिसनहरूमा ६ हजारभन्दा बढी नेपाली शान्ति सैनिक खटिएको बताए । शान्ति सेना खटाउने मुलुकहरूमा नेपाल हाल पहिलो स्थानमा रहेको उनले जनाए । 

राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत उच्च नेतृत्व तहमा समेत रही नेपालले काम गर्ने अवसर प्राप्त गर्ने अपेक्षा उनले राखेका थिए ।

रक्षामन्त्री राईले संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्ति मिसनहरूको प्रभावकारिता अभिवृद्धिका लागि भइरहेका प्रयासहरूमा नेपालको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए । हाल शान्ति स्थापना कार्यको सुधार र सबलीकरणका लागि भइरहेका प्रयासहरूको उनले सराहना गरेका थिए ।

रक्षामन्त्री राईले शान्ति मिसनहरूमा महिलाहरूलाई सहभागी गराउने विषयलाई नेपालले उच्च महत्त्व र प्राथमिकता दिई कार्यान्वयन गर्दै आएको दाबी समेत गरेका थिए । 

राष्ट्रसंघीय शान्ति स्थापना कार्यलाई थप बलियो, सुरक्षित र प्रभावकारी बनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको उनले बताएका थिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -