Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४८:२५ दिउँसो
- ADVERTISEMENT -

काठमाडौँ महानगरले पत्र सच्याए मात्र जरिवाना बुझाउने राजावादीको अडान

प्रकाशित मिति: २०८२ वैशाख २६, शुक्रबार

94
Shares

काठमाडौँ महानगरपालिकाले चैत १५ गतेको आन्दोलनका क्रममा तीनकुनेमा फोहोर गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई तोकेको जरिवाना तिर्न राजावादीहरूले रकम संकलन गरेका छन् । संकलित रकम राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई हिजो हस्तान्तरण गरिएको छ ।

महानगर प्रमुख बालेन्द्र साहले पूर्वराजालाई जरिवानाको पत्र पठाएपछि राजसंस्था समर्थकहरू आक्रोशित बनेका थिए । उनीहरूले सो जरिवाना निर्मल निवासलाई नतिराउने भन्दै चन्दा संकलन अभियान चलाएका हुन् । समितिका संयोजक नवराज सुबेदीलाई ८ लाख ३९ हजार ४ सय रुपैयाँ बुझाइएको छ ।

महानगरले पूर्वराजालाई तीनकुने आन्दोलनमा प्रमुख जिम्मेवार ठहर्‍याउँदै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । जरिवानाको पत्र बुझाउन गएका महानगर कर्मचारीहरूलाई निर्मल निवासले फर्काइदिएको थियो । त्यसपछि हुलाकबाट पत्र पठाइएको महानगरले बताएको छ । निर्मल निवासले यो विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, राजावादीहरूले तीनकुने आन्दोलनको आयोजक दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान भएकाले राजालाई जरिवाना तिराउन खोज्नु बालेनको बदनियत भएको बताउँदै आएका छन् ।

समितिलाई रकम हस्तान्तरण भए पनि महानगरले पत्र नसच्याएसम्म जरिवाना नबुझाइने भएको छ । समितिकी सदस्य रमा सिंहले महानगरलाई पत्र सच्याउन भनिएको बताइन् ।

‘राजाका नाममा पठाइएको जरिवाना पत्र फिर्ता लिएर आयोजक संस्थाका नाममा अर्को पत्र पठाइयो भने हामी तिर्न तयार छौँ । अन्यथा यो रकम संघर्ष समितिमै रहन्छ,’ उनले भनिन् ।

आफूले महानगरका जिम्मेवार व्यक्तिसँग कुरा गर्दा पत्र फिर्ता लिन आनाकानी गरिएको सिंहको भनाइ छ । 

‘उहाँहरू पत्र फिर्ता लिन तयार हुनुभएको छैन । हामी राजाका नामबाट जरिवाना तिर्दैनौँ,’ उनले थपिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -