Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०७:३० दिउँसो
- ADVERTISEMENT -

रौतहट सुधार केन्द्रमा अमानवीय कुटपिट, भिडिओ कम्तीमा ७ महिना पुरानो

प्रकाशित मिति: २०८२ वैशाख २२, सोमबार

126
Shares

रौतहटको एक सुधार केन्द्रमा एक पुरुषलाई निर्घात कुटपिट गरिएको भिडिओ सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा भाइरल भएको २० देखि ४० सेकेन्डको उक्त भिडिओमा चार जना मिलेर एक व्यक्तिलाई भुईँमा लडाएर कुटिरहेको देखिन्छ । दुई जनाले पीडितको हात, एक जनाले खुट्टा समातेका छन् भने अर्का एक व्यक्तिले सेतो छडीले पैतालामा निर्ममतापूर्वक प्रहार गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार यो भिडिओ गौर नगरपालिका-४ मा अवस्थित राइजिङ नेपाल सुधार केन्द्रको हो । यद्यपि, उक्त घटना कम्तीमा सात-आठ महिना पुरानो भएको उनले जानकारी दिए ।

डीएसपी रायले टेकपानासँग भने, “भिडिओ सात आठ-महिना पुरानो हो । अहिले आएर पोस्ट भएको रहेछ ।”

कुटपिटमा संलग्न व्यक्तिहरू सुधार केन्द्रकै कर्मचारी र अन्य बिरामीहरू हुनसक्ने प्रहरीको आशंका छ । डीएसपी रायले यस घटनाको थप अनुसन्धानका लागि सुधार केन्द्रका सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए । कुटाइ खाने व्यक्तिलाई पनि सम्पर्क गरी घटनाबारे जानकारी लिइने उनले बताए ।

डीएसपी रायका अनुसार कुटपिटमा परेका व्यक्ति करिब ६ महिनाअघि नै सुधार केन्द्रबाट डिस्चार्ज भई सामान्य जीवनयापन गरिरहेका छन् । प्रहरीले भिडिओमा देखिएका कुटपिटमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।

यो घटनाले सुधार केन्द्रभित्रको अवस्था र त्यहाँ रहेका व्यक्तिहरूको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले चिन्ता व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -