Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४९:५७ दिउँसो
- ADVERTISEMENT -

भारतबाट विद्युत् आपूर्तिमा सुधार, नेपाललाई दैनिक ६०० मेगावाट आयातको स्वीकृति

प्रकाशित मिति: २०८२ वैशाख १८, बिहीबार

299
Shares

भारतले बढ्दो आन्तरिक मागका कारण केही समय घटाएको विद्युत् आपूर्ति पुनः विस्तार गर्दै नेपाललाई दिनको १५ घण्टासम्म ६०० मेगावाट विद्युत् आयात गर्न स्वीकृति दिएको छ ।

यसअघि सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म मात्रै आपूर्ति भइरहेकोमा अब बिहान २ बजेदेखि साँझ ५ बजेसम्मको अवधि तय गरिएको छ ।

भारतले आगामी दुई महिनाका लागि पुरानै स्वीकृतिअनुसार ६०० मेगावाटसम्म निर्यात गर्न सहमति जनाएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकारले हाल भारतबाट राति पनि ४०० मेगावाटसम्म आपूर्ति सुरु भएको जानकारी दिँदै दिनको समयमा विद्युत् ल्याउन समस्या नभएको बताए ।

भारतले केही समयअघि नेपाललाई दिने ६०० मेगावाट बिजुली कटौती गरी ५० मेगावाटमा सीमित गरेपछि उद्योग क्षेत्रमा १३ घण्टासम्म लोडसेडिङ हुन थालेको थियो । चौतर्फी आलोचना भएपछि प्राधिकरणले आइपीएल (इन्डियन प्रिमियर लिग) को कारण माग बढेको र त्यसैले विद्युत् आयातमा समस्या आएको स्पष्टीकरण दिएको थियो ।

प्राधिकरणका अनुसार हाल नेपालमा आन्तरिक उत्पादन (जलाशय, नदी प्रवाही र सौर्य संयन्त्रसमेत) औसत १ हजार १७५ मेगावाट छ । तर, उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट रहेको छ भने अधिकतम आन्तरिक उत्पादन १ हजार ५९३ मेगावाट मात्र पुग्ने भएकाले बाँकी माग भारतबाट आयात गरेर धान्नुपरेको छ।

भारतबाट विद्युत् आयात मुख्यतः ४०० केभी ढल्केबर–मुजफ्फरपुर लाइन र १३२ केभी टनकपुर–महेन्द्रनगर तथा मैनैया–सम्पतिया लाइनमार्फत भइरहेको छ । पछिल्लो स्वीकृतिसँगै अब दैनिक १५ घण्टासम्म ६०० मेगावाट बिजुली नियमित रूपमा ल्याउने सुविधा नेपालले पाउने भएको छ ।

प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज (आईईएक्स) को डे-अहेड र रियल टाइम बजारमार्फत प्रतिस्पर्धात्मक प्रक्रियाबाट विद्युत् खरिद गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -