आठौँ शेरबहादुर खड्का स्मृति भलिबल प्रतियोगितामा विभागीय डर्बी बिचको खेलमा एपिएफ क्लबले त्रिभुवन आर्मीलाई सोझो सेटमा हराएको छ । साविक विजेता एपिएफले आर्मीलाई २५–२०, २५–१३ र २५–१६ मा हराएको हो ।
यस प्रतियोगिताको विजेता टिमले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५० हजार हजार, विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ । आजको दोस्रो खेलमा न्यु डाइमण्ड क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ ।









































