Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५३:३१ दिउँसो
- ADVERTISEMENT -

ट्रम्प दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा नजाने !

प्रकाशित मिति: २०८१ चैत ३१, आइतबार

261
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने संकेत देखाएका छन् । दक्षिण अफ्रिकाले त्यहाँका गोरा (श्वेत) नागरिकको जमिन जफत गर्ने र उनीहरूको जनसंहार गरेको आरोप लगाएका ट्रम्पले जी–२० शिखर सम्मेलनमा नजाने आशय व्यक्त गरेका छन् ।

“जमिन जफत र जनसंहार नै प्रमुख कुरा भएको अवस्थामा दक्षिण अफ्रिकामा जी–२० जस्तो महत्त्वपूर्ण बैठकमा हामी कसरी जाने ?,” ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

“उनीहरूले गोरा किसानहरूको जमिन खोस्ने, उनीहरू र परिवारका सदस्यलाई मार्ने काम गरिरहेका छन् । मिडिया यसबारे लेख्न मान्दैन । अमेरिकाले दक्षिण अफ्रिकालाई दिने सबै सहयोग रोकेको छ । जी–२० का लागि के म यस्तो ठाउँमा जान चाहन्छु ? मलाई त्यस्तो लाग्दैन,” ट्रम्पले भनेका छन् ।

ट्रम्पको पोस्टमा दक्षिण अफ्रिका एक नेताले जमिन कब्जा र हत्यालाई ‘क्रान्तिकारी कार्य’ भनेको भिडियो पनि राखेका छन् ।

गोराहरूको एकल जातीय शासनपछि हालको दक्षिण अफ्रिकामा भूमि सुधार एक संवेदनशील मुद्दा बनेको छ । एएफपी समाचार एजेन्सीका अनुसार, ७० प्रतिशतभन्दा बढी व्यापारिक कृषियोग्य जमिन अझै पनि अल्पसंख्यक श्वेतको कब्जामा छ ।

ट्रम्पले जी–२० शिखर सम्मेलनमा नजाने टिप्पणी गरेपछि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाका प्रवक्ताले आफूहरूले ट्रम्पको अपेक्षा पनि नगरेको प्रतिक्रिया दिएका छन् । “हामीले उनको उपस्थितिको आशा पनि गरिरहेका छैनौँ,” उनले एएफपीलाई भनेका छन् ।

ट्रम्पको राष्ट्रपतिकालमा दक्षिण अफ्रिका र संयुक्त राज्य अमेरिकाबीच सम्बन्ध बिग्रिएको छ । वासिङ्टनले बारम्बार दक्षिण अफ्रिकालाई श्वेत–विरोधी नीति अवलम्बन गरेको आरोप लगाउँदै आएको छ । ट्रम्पले हालै दक्षिण अफ्रिकालाई अमेरिकी आर्थिक सहयोग रोक्न र दक्षिण अफ्रिकी श्वेतलाई अमेरिकामा शरणार्थीको दर्जा दिने कार्यकारी आदेश जारी गरेका थिए ।

दक्षिण अफ्रिकामा जन्मिएका करोडपति एलन मस्कले पनि दक्षिण अफ्रिकाका नेताहरू गोरा जातिको जनसंहारलाई प्रवर्धन गरिरहेको आरोप लगाएका थिए ।

एउटा र्‍यालीमा दक्षिण अफ्रिकाको अतिवामपन्थी पार्टी इकोनोमिक फ्रिडम फाइटर्सका केही नेताले ‘किल द बोयर’ भन्ने विवादास्पद गीत गाएपछि मस्कको अभिव्यक्ति आएको थियो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि गत फेब्रुअरीमा दक्षिण अफ्रिकामा भएको जी–२० विदेश मन्त्रीहरूको बैठकमा सहभागिता जनाउन अस्वीकार गरेका थिए । उनले यसको एजेन्डा अमेरिका विरोधी भएको बताएका थिए । दक्षिण अफ्रिकाले सन् २०२५ का लागि जी–२० को अध्यक्षता गर्दै छ । उसले आगामी नोभेम्बरमा यसका नेताहरूको शिखर वार्षिक सम्मेलन आयोजना गर्न लागेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -