पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु अवधि बढाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्युको समय राती १२ बजेसम्मका लागि बढाएका हुन् ।
शनिबार दिउँसो दुई समुदायबीच झडप, तोडफोड र आगजनीपछि प्रशासनले साँझदेखि आइतबार मध्याह्न १२ बजेसम्मका कर्फ्यु आदेश जारी गरेको थियो ।
हनुमान जयन्तीको अवसरमा वीरगञ्जको छपकैया चौक अगाडी झड़प भएको थियो ।









































