Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४९:२४ दिउँसो
- ADVERTISEMENT -

मेयर साह सचिवालयको सिसिटिभी आतंक हट्यो, करिडोर बाहेक सबै ठाउँको हटाउने तयारी

प्रकाशित मिति: २०८१ चैत २७, बुधबार

171
Shares

काठमाडौं महानगरपालिकाभित्र सिसिटिभी आतंक फैलिएको करिब एकवर्षपछि सबै सिसिटिभी हटाउन सुरु भएको छ । सबै विभागीय प्रमुखको कार्यकक्षमा राखेको सिसिटिभी हटाउने अभियान आजबाट सुरु भएको छ । पहिलोचरणमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र गोप्य कोठाबाट सिसिटिभी हटाईको छ । बोलेको समेत रेकर्ड गर्न मिल्नेगरी सिसिटिभी जडान गरेको थियो । उच्चकोटीको ती सिसिटिभी जडान गरेलगत्तै मेयर साहको सचिवालयको हवाला दिँदै सचिवालयका सदस्यले निर्देशन दिने गरेका थिए ।

  अब करिडोर र आवश्यक पर्ने स्थानमा मात्र जडान गर्ने योजना छ । कामपा सुशासन समितिको संयोजक ख्याम तिवारीको निर्देशनमा विभागीय प्रमुखको कार्यकक्षमा जडान भएको सिसिटिभी हटाईको छ । आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईको कार्यकक्ष र गोप्य कोठा र प्रशासन विभागबाट हटाइएको हो । समितिका संयोजक लगायत विभागीय प्रमुखले आफ्ना टाउको ठोकिने गरी जडान भएको सिसिटिभीको कारण अपहेलित भएको आरोप लाग्दै आएको थियो ।

कामपाका प्रवक्ता नविन मानन्धरले मेयर वोलेन्द्र साह आफ्नो क्याबिनमा नराखेर विभागीय प्रमुखलाई दुःख दिन सिसिटिभी राख्न लगाएको आरोप लगाए । भने–उहाँ चाही क्याबिनभित्र बसेर मनपरी गर्न हुने, अनि विभागीय प्रमुखको कोठामा सिसिटिभी राखेर नियन्त्रण गर्न खोज्नु गलत मनसाय हो ।  

कामपाका कर्मचारीले मेयर साहको लागिमात्रै बनाएको लिफ्टसमेत हटाउनुपर्ने बताएका छन् । यसअघिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार बिदा हुन लागेको बेला उनकै  निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको गोप्य कार्यकक्षमा सिसिटिभी जडान भएको थियो ।  

मेयर वालेन्द्र साहले सुशासन कायम गर्न भन्दै १५ विभागीय प्रमुखसहित २२ स्थानमा सिसिटिभी टिभीले निगरानी बढाउदै अनावश्यक दुःख दिने नियत बढाएपछि कामपाको कमलादीस्थित मुख्यालय भर सिसिटिभी आतंक फैलिएको  थियो । कामपाले सबै विभागीय प्रमुखको गतिविधि निगरानी गर्न सिसिटिभी जडान गरेपछि सिसिटिभीको कारण विभागीय प्रमुखहरु बोल्न समेत डराउने गरेका थिए । मेयर साह र सचिवालयका सीमित व्यक्तिले कुन विभागीय प्रमुख र शाखामा को को प्रवेश गरेका छन् ? भनी निगरानी गर्ने गरेका छन् ।

आफ्नौ टाउकै नजिक सिसिटिभी राखेर हैरान भएपछि अधिकांश विभागीय प्रमुखले आफूलाई भेट्न आएकासंग छलफलगर्न छाडिसकेका छन् । मेयर  साहले ती सिसिटिभीमा भएका गतिविधि अनुगमन गर्दैनन, मेयरका स्वकीय सचिव भुपदेव शाह, सुनिल लम्साल, सुदिप ढकाल, शैलेन्द्र झा लगायतका टीमले  अनुगमन गरी विभागीय प्रमुखलाई थर्काउने गरेका थिए । हामी त दिक्दार भैसक्यौ, सिसिटिभी हेरेर सचिवालयको सदस्यको हवाला दिँदै जथाभावी निर्देशन दिन थालेका थिए । हटाउने निर्णय गरेपछि  सुशासन कायम भएको महसुस गरेका छौ–ती कर्मचारीले भने ।

 कामपाले ६ महिनाअघि २२ वटा सिसिटिभी जडान गरेको थियो । उक्त सिसिटिभीले सबै विभागीय प्रमुखको कार्यकक्षमा भएको गतिविधि निगरानी गर्ने गरेको छ । ‘बोलेको समेत रेकर्ड राख्ने व्यवस्था गर्न लागिएको थियो, विरोध भएपछि बोलेको बाहेक अन्य रेकर्ड राख्ने व्यवस्था छ–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो ।

सो सिसिटिभीको रेकर्ड ३० दिनसम्म रहनेछ । सिसिटिभीमा देखिएको दृश्यको आधारमा सचिवालयबाट सोध्ने काम समेत भएको स्रोतको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -