Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०१:५० दिउँसो
- ADVERTISEMENT -

काठमाडौं महानगरका कार्यकारीले सम्हाले जिम्मेवारी, ढोका फुटाएर पसाइयो कार्यकक्ष

प्रकाशित मिति: २०८१ चैत २१, बिहीबार

165
Shares

 काठमाडौं महानगरपालिका प्रशासकीय अधिकृत सरोज गुरागाई कार्यकक्ष प्रवेश गरेका छन् । नगर प्रहरीको अवरोधबीच प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा प्रवेश गराएका हुन् । नगर प्रहरीले ढोकामा लगाएको ताला फोडेर उनलाई कार्यकक्षमा प्रवेश गराइएको हो ।

बिहीबारै यसअघि उक्त ताला फोडेर गुरागाईलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय गरिएको थियो । मेयर बालेन्द्र शाह (बालेन) अनुपस्थित रहेको कार्यपालिका बैठकबाट उनलाई त्यहाँ प्रवेश गराउने निर्णय गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई कार्यकक्षमा प्रवेश गराउने बैठकको नेतृत्व उपमेयर सुनिता डंगोलले गरेकी थिइन् । गुरागाईं कार्यालय जाने चर्चाबीच नगर प्रहरीले बिहीबार बिहान उनको कार्यकक्षमा ताला लगाएको थियो । गुरागाई ०८१ पुस १४ गतेदेखि निलम्बनमा थिए । मेयर बालेनले उनलाई निलम्बन गरेका हुन् ।

काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको थियो । महानगरले गुरागाईंमाथि छानबिन गर्न यसअघि तीन समिति बनाएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईलाई नै काम गर्ने वातावरण मिलाउन निर्देशन दिँदै आएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -