Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३९:४४ बिहान
- ADVERTISEMENT -

अमेरिकी नागरिकले कुलमान र राजावादीको समर्थनमा प्रदर्शन गरेपछि…

प्रकाशित मिति: २०८१ चैत १४, बिहीबार

172
Shares

माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विरोध र राजावादीको समर्थनमा प्रदर्शन गरेको खुलेको छ ।

अमेरिकी नागरिक जुलियन कृपा ब्लिस (हिन्दु नाम जयानन्द कृपा) सुरुमा कुलमानको समर्थनमा पम्प्लेटसहित माइतीघरमा देखिएका थिए । त्यसपछि उनले राजावादीको पोस्टर बोकेर प्रदर्शन गरेका थिए ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार उनी माइतीघरमा एक्लै पुगेका थिए । बोहोराका अनुसार पक्राउ परेका उनलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।  प्रहरीका अनुसार पर्यटक भिसामा अमेरिकी राहदानी लिएर नेपाल आएको खुलेको छ । नेपालमा कुनै पनि विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा संलग्न हुन निषेध छ ।

एसपी बोहोराका अनुसार सुरुमा उनी वर्ल्ड गार्डियन्स अर्गनाइजेसनले आयोजना गरेको कार्यक्रममा गएका थिए । “उनको नेतृत्वमा ८–१० जना जम्मा भई  ‘शुद्ध शाकाहारी भोजन खानुहोस्, प्लास्टिक जलाउने फ्याँक्ने कार्य अपराध हो, त्यसैले प्लास्टिकलाई सधैँ अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस्,’ जस्ता नारासहित प्रदर्शन भएको थियो,” एसपी बोहोराले भने । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -