Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२८:२५ दिउँसो
- ADVERTISEMENT -

एकघण्टामै प्रश्‍नपत्र बाहिरियो, चिट चोरेको भिडियो भाइरल

प्रकाशित मिति: २०८१ चैत ७, बिहीबार

250
Shares

एसईई परीक्षाको पहिलो दिन नै मधेशका जिल्लामा पुरानै व्यथिति दोहोरिएको छ । एसईईको पहिलो दिन बिहीबार परीक्षा सुरु भएको एक घण्टामै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरियो । केही जिल्लाका केही परीक्षा केन्द्रमा खुल्लमखुला चिट चोरी भएका तस्वीर तथा भिडियो समाजिक सञ्जालबाट सार्वजनिक भए ।

प्रश्नपत्र बाहिरिएको विषयमा भने फरक-फरक सूचना आइरहेका छन् । कतिपयले जनकपुर त कतिपयले सिरहा जिल्लाको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको दाबी गरिरहेका छन्।

जनकपुरमा मर्यादित रुपमा परीक्षा सञ्चालन भइरहेकोले प्रश्नपत्र धनुषाका कुनै पनि केन्द्रबाट आउट नभएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए । ‘हामीले युनिट बनाएर सबै परीक्षाकेन्द्रमा अनुगमन गर्यौं । मर्यादित र व्यवस्थित रुपमा परीक्षा सञ्चालन भयो । धनुषाका कुनै पनि केन्द्रबाट प्रश्नपत्र आउट भएको छैन,’ उनले भने ।

एक घण्टापछि परीक्षार्थी उत्तरपुस्तिका बुझाएर परीक्षाबाट निस्किन सक्ने भएकाले त्यसरी कतैबाट आउट भएको हुनसक्ने उनको आशंका छ । यद्यपि, यस विषयमा गृह मन्त्रालयमा औपचारिक जानकारी गराइसकेको प्रजिअ कडरियाले बताए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले पनि सिरहाबाट प्रश्नपत्र आउट भएको कुरा अहिलेसम्म पुष्टि नभएको बताए । ‘सिरहाबाट प्रश्नपत्र आउट भयो भन्ने मैले पनि सुनेको छु । अन्यत्र जिल्लाबाट आउट भएको भन्ने पनि सुनें । कहाँबाट आउट भयो भन्ने अहिलेसम्म खुलेको छैन । सिरहामा सम्पूर्ण मेकानिजम हामीले प्रयोग गरेका छौं । त्यसकारण प्रश्नपत्र सिरहाबाट आउट भएको होइन,’ उनले भने ।

प्रविधिको युगमा देशका कुनै पनि ठाउँबाट प्रश्नपत्र आउट गरेर अन्यत्र ठाउँको हो भन्ने आरोप पनि लगाउन सकिने उनको भनाइ छ । यद्यपि, यस विषयमा बुझ्ने काम गरिरहेको उनको भनाइ छ ।

शिक्षा विकास निर्देशनालयका निर्देशक ठूलोबाबु दाहालले प्रश्नपत्र आउटबारे प्रमुख जिल्लाधिकारीसँग छानबिन समिति गठन गर्नुपर्ने भन्ने कुरा भएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -