Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१२:४६ बिहान
- ADVERTISEMENT -

गण्डकीविरुद्ध कोसीको सानदार जित, विपीन महतोले लिए ६ विकेट 

प्रकाशित मिति: २०८१ चैत ३, आइतबार

166
Shares

प्रधानमन्त्री कपमा गण्डकी प्रदेशविरुद्ध कोसी प्रदेशले नौ विकेटको सहज जित निकालेको छ । आइतबार भैरहवामा सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको ३२ रनको झिनो लक्ष्य कोसीले ८.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

कोसीको जितमा ओपनर साकिब हकले १६ र चिराग साहले १० रन थपे । सोनु अन्सारी दुई रनमा अविजित रहे । 

गण्डकीका सुवास भण्डारीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको गण्डकीले २०.४ ओभरमा ३१ रनमात्रै बनाउँदा सबै विकेट गुमाएको थियो । यो जारी प्रतियोगिताको सबैभन्दा कमजोर योगफल हो ।

कोसीका बलरसामु निरीह देखिएका गण्डकीबाट कुनै पनि ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । गण्डकीका अर्जुन कुमालले सर्वाधिक नौ रन बनाए । गण्डकीका चार ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।

गण्डकीलाई सस्तैमा समेट्न कोसीका विपीन महतोले ६ विकेट लिए । आठ ओभर बलिङ गरेका विपीनले तीन मेडन फ्याँक्दै १७ रन खर्चिए । फिर्दोश अन्सारीले तीन विकेट लिए । आठ ओभर बलिङ गरेका फिर्दोसले पाँच मेडन फ्याँक्दै १० रनमात्र खर्चिए । यस्तै, दीपेश कँडेलको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा कोसीको यो पहिलो जित हो । जितसँगै पाँच खेल खेलेको कोसीले दुई अंक जोडेको छ । यता, गण्डकीले पनि चार खेलबाट दुई अंकमात्रै जोडेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -