गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका का अध्यक्षज्यु लगायतको टिमले नेपालको एक उत्कृष्ट सामुदायिक बिधालय बिश्व निकेतन को अध्ययन ,अनुगमन गर्नुका साथै शैक्षिक परामर्श समेत लिएका छन ।
बिश्व निकेतन मा.बि.ले गुणस्तरीय शिक्षाका लागि अवलम्बन गरेका असल अभ्यासहरु अवलोकनका लागि, अध्यक्ष श्री लोकप्रसाद बन्जाराज्यु,प्रमुख प्रशासकीय अधिकृत श्री चित्र बहादुर अधिकारीज्यु,वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक श्री नारायण श्रेष्ठज्यु, श्री शान्ति मा.बि. का बि.ब्य.स.अध्यक्ष श्री ध्रुव कुमार भट्टज्यु, सोही विद्यालयका प्रधानाध्यापक श्री रामकृष्ण ढकालज्यु, बिज्ञान शिक्षक श्री केशव पाण्डेज्यु लगाएतको सिंगो टिम काठमाडौ पुग्नु भएको हो।
भ्रमणको सहजीकरण दुल्लभ माध्यामिक बिधालय का पुर्ब सह -प्रधानाध्यापक , दुल्लभ क्याम्पसका पुर्ब प्राचार्य हाल काठमाडौ महानगरका श्रोत शिक्षक श्री कमल प्रसाद भट्टज्यु र अर्का स्रोत शिक्षक श्री नवराज ढकालज्युले गर्नुभएको हो।गाउँपालिकाको टिमले बिश्वनिकेतन बिधालयमा करिब दुईघण्टा भन्दा बढी समय महत्त्वपूर्ण छलफल एमब परामर्श गरेको थियो !!








































