Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०७:१२ दिउँसो
- ADVERTISEMENT -

एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कारको घोषणा

प्रकाशित मिति: २०८१ फागुन २८, बुधबार

231
Shares

 बारपाक सुलकोट गाउँपालिकाले आगामी चैत ७ गतेबाट हुने एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कारको घोषणा गरेको छ ।

पालिकाभित्रका विद्यालयबाट ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीलाई गाउँपालिकाले १ लाख पुरस्कार दिने घोषणा गरेको हो ।

त्यस्तै ३.९०–३.९९ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई ५० हजार, ३.८०–३.८१ जीपीए प्राप्त गर्नेलाई २५ हजार नगद दिने गाउँपालिकाले जनाएको छ । ३.७०–३.७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६०–३.६९ प्राप्त गर्ने विद्यार्थीलाई १५ हजार दिने गाउँपालिकाले घोषणा गरेको हो ।

उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद रकम उपलब्ध गराउन गत माघ २५ गतेको कार्यपालिका बैठकबाट निर्णय गराइएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए ।

‘विद्यार्थीलाई प्रोत्साहन मिलोस् भनेर यो घोषणा गरेका हौं’, उनले भने । यस करा्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने भट्टको भनाइ छ । यसवर्षको एसईई परीक्षामा बारपाक सुलिकोट गाउँपालिकाका १० माध्यमिक विद्यालयबाट नियमित तर्फ २९८ र ग्रेडवृद्धितर्फ ७३ गरी ३ सय ७१ विद्यार्थी सहभागी हुँदैछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -