Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:५३ बिहान
- ADVERTISEMENT -

महाकुम्भमा स्नान गरिरहेका र कपडा फेरिरहेका महिलाका आपत्तिजनक भिडिओ सामाजिक सञ्जालमा बेचिँदै

प्रकाशित मिति: २०८१ फागुन ९, शुक्रबार

241
Shares

भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नुहाइरहेका महिलाहरूको गोपनीयता हनन् गर्ने भिडिओहरू बेचिएको पाइएको छ ।   उत्तर प्रदेश प्रहरीले त्यस्ता भिडिओ बिक्री गरेको भन्दै सोसल मिडिया अकाउन्टहरू विरुद्ध मुद्‍दा दायर गरको हो । 

महाकुम्भमा नुहाइरहेका महिलाहरूको आपत्तिजनक भिडिओ पोस्ट गर्ने र बेच्ने सामाजिक सञ्जाल अकाउन्टहरू विरुद्ध हालसम्म दुई ओटा मुद्दा दर्ता भएका छन्। @neha1224872024 नामक इन्स्टाग्राम अकाउन्ट र  CCTV CHANNEL 11 नामक टेलिग्राम च्यानल विरुद्ध महिला भक्तजनहरूको आपत्तिजनक भिडियो शेयर गरेको भन्दै मुद्दा दर्ता गरिएको हो । 

कारबाही प्रक्रिया अगाडि बढाइरहेको टेलिग्राम अकाउन्टमा भिडिओहरू बिक्रीका लागि समेत राखिएको छ । जसमा फरक-फरक मूल्यमा ती भिडिओ बिक्री भइरहेको आरोप लागेको छ।

यसअघि महाकुम्भमा महिलाहरू कपडा फेर्दै गर्दा र नुहाउँदा चोरी-छिपी खिचिएका भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाइएको विषयमा भारतीय सञ्चार माध्यम  इन्डिया टुडे ले लेखेको छ ।  टेलिग्राम जस्ता प्लेटफर्महरूमा पूरा भिडियोहरू किन्न प्रयोगकर्ताहरूलाई लोभ्याउन महाकुम्भ मेलामा नुहाइरहेको दृश्यलाई  ‘टिजर’ को रूपमा प्रयोग गरिएको पाइएको थियो।

फेसबुक पेजहरूले यस्ता आपत्तिजनक सामग्री प्रचार गर्न #mahakumbh2025, #gangasnan, र #prayagrajkumbh जस्ता ह्यासट्यागहरू प्रयोग गरिरहेका थिए। साथै, विभिन्न टेलिग्राम च्यानलहरू “Ganga River Open Bathing Group” र “Hidden Bath Videos Group” जस्ता प्राइभेट ग्रुपहरूको पहुँच उपलब्ध गराउँदै थिए।

उत्तर प्रदेश प्रहरी महानिर्देशक (डीजीपी) प्रशान्त कुमारको निर्देशनमा सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रामक र आपत्तिजनक सामग्री फैलाउने व्यक्तिहरूको पहिचान गर्न र उनीहरू विरुद्ध कडा कारबाही गर्ने अभियानलाई तीव्र बनाएको बताइएको छ । 

हाल भारतको प्रयागराजमा हरेक १२ वर्षमा आउने कुम्भ मेला चलिरहेको छ । १४४ वर्षमा आउने महाकुम्भ मेला परेकाले यस पटक करोडौँले प्रयागराजमा पुगेर डुबुल्की मारेका छन् । फेब्रुअरी २६ मा महाकुम्भ मेला सकिँदैछ । हालसम्म ५० करोडभन्दा बढीले महाकुम्भ मेलामा पुगेर डुबुल्की मारिसकेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -