काठमाडौं सानोभर्याङ स्थित कामना इन्टरनेशनल स्कुलले २०८१।११।०७ गते वार्षिक उत्सव तथा अभिभावक
दिवश सम्पन्न गरेको छ । कामना इन्टरनेशनल स्कूल् प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व कामना फाउन्डेसनका अध्यक्ष
श्री पदम प्रसाद भट्टराईले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी उच्च शिक्षालय तथा माद्यामिक विद्यालय संघ नेपाल ( HISSAN)
का केन्द्रिय अध्यक्ष तथा शिक्षाविद श्री रमेश सिलवाल हुनुहुन्थ्यो ।
विध्यार्थीहरुको बर्षभरिको मेहनत तथा अभिभावकहरुको ध्यान रहने उक्त कार्यक्रममा अभिभावकहरुको
उल्लेखनिय उपस्थित रहेको थियो। बिभिन्न बिधामा उत्कृष्ठ विध्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने
विधार्थीहरुको बिभिन्न क्षमता तथा दक्षता अनुसार कला प्रस्तुत गरेका थिए ।

विध्यार्थीहरुले नेपालका बिभिन्न भेशभुशा ,
भाषा ,कला तथा संस्कृति झल्कने नृत्य प्रस्तुत गर्नुका साथै चेतनामुलक नाटक , मार्शल आर्टका कलाहरु पनि प्रस्तुत
गरिएको थियो ।

कार्यक्रममा बिभिन्न बिद्यालयका प्रिन्सिपल तथा निर्देशकहरुलाई पनि अतिथिको रुपमा आमन्त्रण गरिएको थियो।
अतिथीहरुले विद्यालयको उज्ज्वल भबिश्यको कामना गर्दै विद्यालयले बालबालिकहरुको उज्ज्वल भबिश्यको लागि गरेको
मेहनतको प्रशंशा गर्दै अझ बढी गुण्स्तरिय शिक्षा प्रदान गर्दै जानुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी
उच्च शिक्षालय तथा माद्यामिक विद्यालय संघ नेपाल ( HISSAN) का केन्द्रिय अध्यक्ष तथा शिक्षाविद श्री रमेश सिलवालले विद्यालयले बालबालिकाहरुको उज्ज्वल भबिश्यको लागि गुणस्तरमा सम्झौता गर्न नहुने कुरामा जोड दिँदै बालबालिकहरुलाई उनिहरुको आन्तरिक क्षमता बुझेर सोही अनुरोप अगाढी बढन हौसला प्रदान गर्नु पर्ने बिचार ब्यक्त गर्नु भयो ।

कामना इन्टरनेशनल स्कुलका प्रिन्सिपल श्री नवराज पाण्डेले सम्पूर्ण उपस्थित विद्यार्थी , अभिभावक तथा
अतिथिहरुलाई स्वागत गर्दै बालबालिकाहरुको उज्ज्वल तथा सुनिस्चित भबिश्यको लागि अभिभावक हरुको पनि साथ र
सहयोगले विद्यालयले बालबालिकहरुको उज्वल तथा सुनिस्चित भविस्यको लागि कहिलै पछी नहटने प्रतिबद्द्ता ब्यक्त गर्नु
भयो। कुनै पनि बालबालिकालाई एक असल र सफल ब्यक्ति निर्माण गर्न विद्यालय , शिक्षक शिक्षिका र अभिभावकको
त्रिकोणात्मक प्रयास र भूमिका महत्वपूर्ण रहने तथ्य लाई मध्यानजर गर्दै कामना इन्टरनेशनल कलेज का क्याम्पस प्रमुख
महेश श्रेष्ठले असल ब्यक्ती निर्माणमा यस विद्यालय सदैव तत्पर रहेको जानकारी गराउनुभयो ।

कामना फाउन्डेसन का अध्यक्ष श्री पदम प्रसाद भट्टराईले उपस्थित सम्पूर्णमा धन्यवाद ग्यापन गर्दै विद्यालयले आगामी दिनहरुमा विध्यार्थिहरुको ज्ञान र सिप लाई अझ बढी बिकास गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा कुनै पनि कसुर नराख्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।










































