थाइल्यान्डका लागि नेपालको आवासीय राजदूत धनबहादुर वलीलाई लाओको पनि जिम्मेवारी दिइएको छ ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत लाओको जिम्मेवारी दिएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई प्रजातन्त्रिक गणतन्त्र लाओको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।








































