परराष्ट्र मन्त्रालय अन्तर्गतको (Counsular) जहाँ विदेश जान लागेका नागरिकहरूको कागजातमा छाप (Stamp) लगाइन्छ, लगातार दोस्रो दिन पनि सर्भर समस्या हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन्।
सूचना अनुसार, पहिलो दिन टोकन नम्बर ११० सम्म मात्रै सेवा दिइएको थियो। तर, आज बिहानदेखि टोकन प्रणाली टोकन नम्बर ५१ बाट सुरु गरिएको छ, जसका कारण हिजो सेवा नपाएका सेवाग्राहीहरू थप अन्यायमा परेका छन्। त्यसैमा आज फेरि एक घण्टाभन्दा बढी समय टोकन प्रणाली नै काम नगरेपछि सेवाग्राहीहरू आक्रोशित बनेका छन्।
बिदेसिन लागेका नागरिकहरूले आवश्यक कागजात प्रमाणिकरण गराउन नपाउँदा भिसा प्रक्रियामा ढिलाइ हुने समस्या देखा परेको छ। कतिपय सेवाग्राहीहरू कार्यालयको लापरबाहीका कारण ठूलो संकटमा परेका छन्।
“हिजो सेवा नपाएर फर्कियौं, आज फेरि नयाँ नम्बरबाट सुरु गरियो। हाम्रै पालो आउँदा फेरि टोकन बन्द भयो। कार्यालयको लापरबाहीको सिकार हामी किन बन्नुपर्ने?” एक सेवाग्राहीले गुनासो गरे।








































