Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:५४ बिहान
- ADVERTISEMENT -

कांग्रेस नगर सभापति मृत फेला प्रकरणः पोस्टमार्टम रिपोर्टमा देखायो मुटुमा ‘अक्लुजन’

प्रकाशित मिति: २०८१ माघ २४, बिहीबार

278
Shares

कञ्चनपुरमा मृत फेला परेका कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको घटनामा अनुसन्धान गरिरहेको प्रहरीले थप परीक्षण गर्ने भएको छ ।

भेरी प्रादेशिक अस्पतालको विज्ञ टोलीले गरेको पोस्टमार्टम रिपोर्टबाट मृत्युको ठोस कारण पत्ता नलागेपछि नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगञ्जमा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मुटु परीक्षण गरिने भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार पोस्टमार्टम रिपोर्टमा शरीरमा कुनै किसिमको चोटपटक देखाएको छैन । ‘मुटुमा अक्लुजन भएको भनिएको छ,’ डीएसपी जोशीले भने, ‘सोही कारण थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मुटु पठाएका छौँ ।’

चिकित्सकहरूका अनुसार मुटुमा अक्लुजन भनेको अवरोध हुनु हो । कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित सडकपेटीमा मृत फेला परेका थिए । त्यसको दोस्रो दिन भेरी अस्पताल नेपालगञ्जका फरेन्सिक विज्ञसहितको डाक्टरको टोलीले कञ्चनपुर पुगेरै पोस्टमार्टम गरेको थियो । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी जोशीका अनुसार कलौनीले प्रयोग गर्दै आएको मोबाइल भने अझैसम्म भेटिएको छैन । ‘एन्ड्रोइड मोबाइल मृतकको साथमा फेला परेको थियो,’ डीएसपी जोशीले भने, ‘अर्को किप्याड मोबाइल भने अहिलेसम्म पनि भेटिएको छैन । वालेट पनि खल्तीबाट निकालेर शवको केही पर राखिएको थियो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -