Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४४:०१ बिहान
- ADVERTISEMENT -

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो यू-१९ विश्वकपको उपाधि

प्रकाशित मिति: २०८१ माघ २०, आइतबार

138
Shares
KUALA LUMPUR, MALAYSIA - FEBRUARY 02: Kamalini G of India celebrates after catching out Jemma Botha of South Africa during the ICC Women's U19 T20 World Cup 2025 Final between South Africa and India at Bayuemas Oval on February 02, 2025 in Kuala Lumpur, Malaysia. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

दोस्रो संस्करणको आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । आइतबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । 

उसले लगातार दोस्रोपटक यू–१९ महिला विश्वकपको उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणको विश्वकप फाइनलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले हराएको थियो । 

यसपटक फाइनलमा दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि गोंगडी त्रिशाले ३३ बलमा ८ चौकासहित अविजित ४४ रन जोडिन् । अविजित नै रहेकी सानिका चाल्केले २६ रनको योगदान दिइन् । 

दक्षिण अफ्रिकाका लागि कायला रेयान्केले मात्र एक विकेट लिन सकिन् । त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८२ रनमा अलआउट भयो ।

उसका लागि मिके भ्यान भोर्स्टले २३, जेम्मा बोथाले १६ तथा फे काउलिङले १५ रन जोडे । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । भारतका लागि गोंगडी त्रिशाले तीन, वैष्णवी शर्मा, आयुषी शुक्ला र पारुनिका सिसोदियाले दुई/दुई विकेट लिए । 

जारी संस्करणमा नेपालको पनि सहभागिता थियो । यद्यपि नेपालले समूह चरण पार गर्न सकेन । नेपालले ग्रुप स्टेजमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग खेलेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -