Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२७:२१ दिउँसो
- ADVERTISEMENT -

क्यानाडामा भएको दुर्घटनामा नेपाली विद्यार्थीको मृ*त्यु

प्रकाशित मिति: २०८१ पुस १५, सोमबार

137
Shares

 क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। तीन साताअघि कुहिरो लागेको साँझ ८ बजे सडक पार गर्ने क्रममा उनलाई पिकअप ट्रकले ठक्कर दिएको थियो ।

फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षीया सचिना श्रेष्ठ डिसेम्बर ८ तारिकमा दुर्घटमा परेपछि स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको क्यानेडियन प्रहरीले जनाएको छ ।  नेपालमा उनको घर सुनसरी भनिए पनि यकिन ठेगाना खुलिसकेको छैन ।

उनको अन्तिम संस्कार, बुबा आमाको यात्रा र अन्य आपतकालीन खर्चका लागि २५ हजार डलर उठाउने लक्ष्यका साथ ‘गो‍(फण्ड मी’ मा चन्दा संकलन शुरू गरिएको छ। उनका अभिभावक नेपालबाट गएपछि डिसेम्बर २६ साँझ ८ बजे सचिनालाई दिइएको भेन्टिलेटरको सपोर्ट हटाइएको थियो ।

सचिनाको टाउकोमा गहिरो चोट लागेको कारण मस्तिष्क सुन्निएको र त्यहाँ हुन सक्ने क्षतिलाई कम गर्न टाउकोको दाहिने पट्टीको हड्डीको एउटा हिस्सा हटाइएको थियो।

अन्टारियोको लण्डनमा गत वर्षको फेब्रुअरीमा सडक दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने अन्य ७ जना गम्भीर घाइते भएका थिए। २०२४ मा मात्रै सडक दुर्घटनामा परेर क्यानाडामा तिनजना नेपाली विद्यार्थीहरूको मृत्यु भइसकेको क्यानाडाबाट प्रकाशित हुने ‘नेपाल टच’ ले उल्लेख गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -