एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले पावर प्लेमा फितलो ब्याटिङ गरेको छ ।
चितवनले पहिलो ६ ओभरमा ३ विकेटको क्षतिमा ४० रन बनाएको हो ।
१.४ ओभरमा चितवनका ओपनर विपिन रावललाई ५ रनमा आउट भए । उनलाई लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले आउट गरेका हुन् ।
२.६ ओभरमा सन्तोष कार्की १० रनमा आउट भए । उनलाई रामोन सिमन्ड्सले आउट गरेका हुन् ।
३.१ ओभरमा सोहेल तानबिर १ रनमा आउट भए । सोहेललाई आउट गर्दै रोहितले दोस्रो विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले दिएको १६९ रनको लक्ष्यमा चितवन राइनोजले जवाफी ब्याटिङ गरिरहेको छ ।









































