Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४८:४२ दिउँसो
- ADVERTISEMENT -

अर्थ समिति सभापति चालिसेको दाबीः ‘पैसा छ, तर बजार चलायमान छैन’

प्रकाशित मिति: २०८१ मंसिर २०, बिहीबार

81
Shares

अर्थ समितिका सभापति सन्तोष चालिसेले देशको बजार सुधारन्मुख रहेको दाबी गरेका छन् ।

बिहीबार स्टक ब्रोकर एसोसिएसनको ३०औं वार्षिक साधारण सभामा बोल्दै सभापति चालिसेले बजारमा पैसा अभाव नभए पनि त्यसले अपेक्षाकृत गतिशीलता लिन नसकेको बताएका हुन् ।

उनले भने, “पैसाको खाँचो छैन । पैसै पैसा छ तर बजार चलायमान छैन । यो बडो दुःखको कुरा हो । तर अहिले सुधार भइरहेको छ । व्यवसायीक साथीहरूले काम गरिरहनु भएको छ तर त्यो काम बाहिर आउन सकेको छैन । बजार सुधारन्मुख छ अहिले ।”

चालिसेले विगतका केही चुनौतीपूर्ण घटनाक्रमले देशको व्यवसाय क्षेत्रमा गहिरो प्रभाव पारेको भन्दै त्यसको असर अझै देखिन सकिने पनि बताएका छन् । उनले कोभिड–१९ महामारी, २०७२ सालको विनाशकारी भूकम्प, र त्यतिबेलाको आर्थिक मन्दीले गर्दा व्यवसायले अझै पुरानो लय समात्न नसकेको धारणा व्यक्त गरेका छन् ।

“१६ प्रतिशतको ब्याजदर ८ प्रतिशतमा झरे पनि बैंकहरूमा ऋण लिन कोही आउन सकेका छैनन । किनभने, कोभिड र भूकम्पजस्ता घटनाले व्यापार व्यवसाय थला परेको थियो, जसको प्रभाव अझै पनि व्यवसायीक क्षेत्रमा देखिएको छ । पुराना ऋणका बोझले सबैजना समस्यामा छन् । त्यसैले निर्माण क्षेत्रले पनि गति लिन सकेको छैन,” उनले भने ।

चालिसेले सुधारका लागि आवश्यक नीतिगत परिवर्तन र सहजीकरणको खाँचो रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् ।

उनका अनुसार, व्यवसायीक क्षेत्रमा अझै सुधारको सम्भावना छ, तर त्यसका लागि सरकारले सहजीकरणको वातावरण तयार पार्नुपर्ने र व्यवसायीहरूलाई थप सहयोग पु¥याउनुपर्ने आवश्यकता रहेको छ ।

सभामा अन्य वक्ताहरूले पनि व्यवसायीक क्षेत्रमा देखिएका चुनौती र त्यसका समाधानका उपायहरूबारे छलफल गरेका थिए।

अर्थ समितिका सभापति सन्तोष चालिसेले बजार सुधारन्मुख रहेको बताएका छन ।

स्टक ब्रोकर एसोसिएसनको ३०औं वार्षिक साधारण सभामा बोल्दै सभापति चालिसेले भने, ‘पैसाको खाँचो छैन । पैसै पैसा छ तर बजार चलायमान छैन । बडो दुखको कुरा छ । तर, अहिले सुधार भएको छ । व्यवसायीक साथीहरु काम गरिरहनु भएको छ । तर, त्यो काम बाहिर आउन सकेको छैन । सुधारन्मुख छ अहिले ।’

चालिसेले कोभिड, ०७२ सालको भुकम्प लगायतका समयमा थला परेको व्यवसायले गर्दा बैंकको व्याजदर घट्दा पनि बैंकहरुमा ऋण लिने कोही नभएको बताएका छन । ‘१६ प्रतिशतको व्याजदर ८ प्रतिशतमा झर्दा पनि बैंकमा ऋण लिने कोही छैन । किनभने, कोभिड, ०७२ सालको भुकम्प लगायतको बेलामा थला बसेको व्यापार व्यवसाय अहिलेसम्म उठ्न सकेको छैन । त्यहीँ बेलाकाृे ऋणले सबै थला बसीरहेको छ । निर्माण हुन सकिरहेको छैन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -