काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सविरुद्ध सुदुरपश्चिमका दुवै ओपनर ब्याटर पभेलियन फर्किएका छन् । पहिलो विकेटको रुपमा अमित श्रेष्ठ र दोस्रो विकेटको रुपमा विनोद भण्डारी आउट भएका हुन् । विनोद प्रतिस जिसीको बलमा अनिल खरेलबाट क्याच आउट भए । विनोदले २० बलमा २३ रनको पारि खेल्दा ४ चौका प्रहार गरे ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगर किंग्ससँग टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले दोस्रो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको थियो । पहिलो विकेटको रुपमा सुदूरपश्चिमले अमित श्रेष्ठलाई गुमाउन पुग्यो । अमितलाई इस्मत आलमले मार्टिन गप्टिलको हातबाट क्याच आउट गराएका हुन् । उनी ५ बल फेस गरेर १ रनका साथ पभेलियन फर्किए । ५ ओभरको समाप्तिमा सुदूरपश्चिमले ३४ रन बनाउँदा २ विकेट गुमाएको छ । क्रिजमा अहिले ब्रेन्डन म्याकमलेन र आरिफ शेख रहेका छन् ।









































