Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:११:२८ दिउँसो
- ADVERTISEMENT -

साउदी अरबले दिए १०१ जना विदेशीलाई मृत्युदण्ड

प्रकाशित मिति: २०८१ मंसिर ३, सोमबार

116
Shares

साउदी अरबले एक वर्ष भित्र १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको छ ।

शनिबार एक यमनी नागरिकलाई लागूऔषध तस्करीको आरोपमा दक्षिण–पश्चिमी क्षेत्र नजरानमा मृत्युदण्ड दिइएको थियो । योसँगै यस वर्ष साउदीमा मृत्युदण्डको सजाय पाउने विदेशीको कुल संख्या १०१ पुगेको छ ।

यो संख्या विगत तीन वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो । सन् २०२३ र २०२२ मा ३४ विदेशीलाई मृत्युदण्ड दिइएको थियो ।

युरोपेली साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (इएसओएचआर) का कानूनी निर्देशक ताहा अल–हज्जीले साउदी अरेबियाले एक वर्षमा यति धेरै विदेशीहरूलाई मृत्युदण्ड दिएको यो पहिलो पटक भएको बताए ।

सन् २०२४ मा साउदी अरबमा मृत्युदण्डको सजाय पाउने विदेशी नागरिकमा पाकिस्तान, यमन, सिरिया, नाइजेरिया, इजिप्ट, जोर्डन र इथियोपियाका नागरिक छन् ।

आफ्नो कठोर कानूनलाई लिएर साउदी अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्दै आएको छ । यस वर्ष मृत्युदण्ड दिइएका विदेशीमध्ये पाकिस्तानका २१, यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका नौ, जोर्डनका आठ र इथियोपियाका सात जना छन् ।

त्यस्तै सुडान, भारत र अफगानिस्तानबाट तीन–तीन र श्रीलङ्का, इरिट्रिया र फिलिपिन्सबाट एक–एक जना छन् । अन्तराष्ट्रिय मानवाधिकार संस्था एमनेस्टी इन्टरनेशनलका अनुसार वर्ष २०२३ मा सऊदी अरबले चीन र ईरानपछि सबैभन्दा बढी मृत्युदण्ड दिने देश बनेको छ ।

सऊदी प्रेस एजेन्सीको तथ्यांकअनुसार २०२४ को पहलो ९ महिनामा कम्तिमा २०० जनालाई मृत्युदण्ड दिइएको छ । यो पछिल्लो तीन दशकमा एक वर्षको अन्तरालमा मृत्युदण्डको संख्या धेरै हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -