Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१८:५६ दिउँसो
- ADVERTISEMENT -

निर्मला पन्तको घटनामा प्रत्यक्षदर्शी रहेको भन्ने अर्यालमा मानसिक समस्या रहेको सीआईबीको दाबी

प्रकाशित मिति: २०८१ कात्तिक २८, बुधबार

54
Shares

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी रहेको भन्दै टेलिभिजनमा अन्तर्वार्ता दिएका एक व्यक्तिसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सोधपुछ गरेको छ। 

हिजो बोलाएर दिनभर भएको सोधपुछपछि नवराज अर्याल नामका ती व्यक्तिमा मानसिक समस्या रहेको सीआईबीले दाबी गरेको छ। अर्यालले प्राइम टेलिभिजनमा ऋषि धमलालाई अन्तरवार्ता दिँदै आफूले निर्मला पन्तलाई बलात्कार गरिएको प्रत्यक्ष देखेको दाबी गरेका छन्।

तीन जनाले सामूहिक बलात्कार गरेको र आफूले उनीहरूलाई चिन्ने पनि अर्यालको भनाइ छ। उनको अन्तरवार्ता अहिले भाइरल भइरहेको छ। धेरैले उनको कुरा पत्याएका छैनन्। सीआईबीले उनको उक्त दाबी विश्वसनिय नभएको बताएको छ। धमलासँगको अन्तरवार्तामा जस्तै अर्यालले प्रहरीसँग पनि आफू प्रत्यक्षदर्शी भएको दोहोर्‍याएका थिए। उनले तीनजना व्यक्तिहरूको नाम समेत लिएका छन्।

अर्यालको मानसिक अवस्था ठीक नरहेको अनुमान प्रहरीले गरेको छ। उनले ३० वर्षसम्म सवारीचालकका रूपमा सरकारी जागिर खाएका थिए। २०७७ सालमा नक्कली लाइसेन्सको मुद्दा परेपछि उनी जागिरबाट बर्खास्त भए  त्यसपछि उनी मानसिकरुपमा समस्याग्रस्त बनेको सीआईबीले बताएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -