निजी क्षेत्रमा संचालित स्कुलहरुको संगठन स्कूल्स एसोसिएसन अफ नेपाल (सान) द्वारा फुटसल प्रतियोगितामा सम्पन्न भएको छ । मिति २०८१।०७।२३ देखी २०८१।०७।२५ गते सम्म आयोजित उक्त फुटसल प्रतियोगिता स्कूल्स एसोसिएसन अफ नेपाल ( सान ) द्वारा आयोजित तथा सानोभर्याङ काठमाडौं स्थित NIC स्कुलको समन्वयमा सम्पन्न भएको थियो ।

उक्त फुटसल प्रतियोगिताको समापन समारोह स्कूल्स एसोसिएसन अफ नेपाल ( सान ) का अधक्ष्य तथा लिटिल क्लाइम्बर्स स्कुलका प्रिन्सिपल श्री दिलिप रेग्मीको अध्यक्ष्यतामा मिति २०८१।०७।२५ मा सम्पन्न भयो भने उक्त समापन कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका पुर्व उपाध्य्क्ष्य श्री शिव कोइराला हुनुहुन्थ्यो ।
बिभिन्न स्कुलहरुको शैक्षिक गुणस्तर बिकासको लागि आपसी सदभाव तथा समन्वय साथै अतिरिक्त कृयाकलापको पनि आवश्यक रहन्छ भन्ने उदेश्यका साथ आयोजित उक्त फुटसल प्रतियोगितामा कुल १४ स्कुलको सहभागिता रहेको थियो भने उक्त प्रतियोगितामा काठमाडौं सानोभर्याङ स्थित कामना इन्टरनेशनल स्कुलले प्रथम स्थान हात पार्न सफल भएको छ भने स्वयम्भु स्थित त्रिरत्न स्कुलले दोस्रो स्थान जित्न सफल भएको छ । तेसै गरी बालाजु हाइट स्थित प्रसिद्द मोडेल स्कुलले तेस्रो स्थान हात पारेको छ भने काठमाडौं रानीबन स्थित न्यू क्रियटीभ ईंग्लिश बोर्डिङ स्कुल ( NCEB) ले शान्तावना पुरस्कार प्राप्त गरेको छ ।

येसै गरी pTs[i6 खेलाडीको पुरस्कार कामना इन्टरनेशनल स्कुलका नितिन चौधरीले पाए भने सर्वाधिक गोलकर्ता त्रिरत्न स्कुलको बिशाल जङ s§]n र pTs[i6 गोलकिपर प्रसिद्द मोडेल स्कुलका अरुन रोक्का बने ।

यस प्रकारको अतिरिक्त कृयाकलाप प्रतियोगिताले स्कुलहरु बिच मात्र नभई बिद्यार्थीहरु माझ पनि भाईचारको सम्बन्धम बिकास हुने र यसले शैक्षिक बिकासको मेरुदन्डको रुपमा रहने कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका पुर्व उपाध्य्क्ष्य श्री शिव कोइरालाले बताउनु भयो । स्कूल्स एसोसिएसन अफ नेपाल ( सान ) का अधक्ष्य तथा लिटिल क्लाइम्बर्स स्कुलका प्रिन्सिपल श्री दिलिप रेग्मीले स्कुलहरु बिचको शैक्षिक तथा अतिरिक्त कृयाकलापको सहभागिता तथा सहकार्यले सम्पूर्ण स्कुल तथा बिद्यार्थी हरुको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।










































