Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५७:२९ बिहान
- ADVERTISEMENT -

जनकपुरमा कक्षा ११ र १२ मा विद्यार्थीबाट लिएको अनावश्यक शुल्क फिर्ता गर्नुपर्ने

प्रकाशित मिति: २०८१ कात्तिक १४, बुधबार

115
Shares

 जनकपुरधाम उपमहानगरपालिकाभित्र कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीबाट लिइएको अनावश्यक शुल्क फिर्ता गर्नुपर्ने भएको छ । जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघबीच भएको दुई बुँदे सहमति अनुसार विद्यार्थीबाट लिइएको अनावश्यक शुल्क फिर्ता गर्नुपर्ने भएको हो ।

जनकपुरमा नीजि कलेजहरूले गत वर्ष यो वर्ष विद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्नुपर्ने भएको हो । उक्त शुल्क फिर्ता नगरिएको खण्डमा जनकपुरधाम उपमहानगरपालिकाले कानुन अनुसार कारवाही गर्ने भएको छ ।

भर्ना भएका विद्यार्थीमा एक पटक मात्र भर्ना शुल्क लिने कानुनी प्रावधान छ । कक्षा १२ मा समेत पुनः भर्ना शुल्क लिएको पाइएको भन्दै उक्त शुल्क फिर्ता गर्नुपर्ने भएको हो । उक्त सहमतिपछि जनकपुर क्षेत्रमा दुई हजार भन्दा बढी विद्यार्थीले पैसा फिर्ता पाउने देखिएको छ ।

नेपाल विद्यार्थी संघ अध्यक्ष दुजाङ शेर्पाले यो सहमति ऐतिहासिक भएको बताए । नेविसंघल मेरो शिक्षा, मेरो प्रश्न अभियान सञ्चालन गर्दै आएको छ । त्यही क्रममा निजी क्याम्पसहरुले विद्यार्थीहरूसँग गैरकानुनी रूपमा विद्यार्थीबाट शुल्क लिने गरेको गुनासो आएको थियो । त्यसपछि नेविसंघले जनकपुरधाम उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको थियो ।

नेविसंघले जनकपुरधाम उपमहानगरपालिकामा निःशुल्क तथा अनिवार्य छात्रवृत्ति र शुल्क सुधार सम्बन्धि माग राखेको थियो । सोही क्रममा आज जनकपुर उपमहानगरपालिकाको मेयर र नेविसंघको प्रतिनिधि दुवै पक्षबिच सहमति भएको हो ।

छात्रवृत्ति पाएका विद्यार्थीहरूसँग विभिन्न कलेजहरुले गैरकानुनी ढंगले जति रकम लिएका छन्, त्यो रकम तत्काल फिर्ता गर्ने सहमति भएको अध्यक्ष शेर्पाले बताए । अब राष्ट्रिय परीक्षा बोर्डको शुल्क र परीक्षा शुल्क बाहेक कुनै प्रकारको शुल्क लिन नपाउने अध्यक्ष शेर्पाले बताए । 

dd1

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -