Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१७:१० दिउँसो
- ADVERTISEMENT -

३ करोड भारु डिमान्ड गर्दै एनपीएलका लागि शिखर धवनले पनि पठाए नाम

प्रकाशित मिति: २०८१ कात्तिक ९, शुक्रबार

82
Shares

 भारतीय राष्ट्रिय क्रिकेट टीमका पूर्वओपनर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि नाम पठाएका छन् । एजेन्टमार्फत उनले नेपाल क्रिकेट संघ (क्यान)लाई आफू प्रतियोगिताभर उपलब्ध हुनसक्ने जानकारी गराएका हुन् ।

शिखरको डिमान्ड भने उच्च छ । क्यान स्रोतका अनुसार उनले पूरै प्रतियोगिता खेल्ने गरी ३ करोड भारु रकम मूल्य तोकेका छन् । क्यानले आफ्ना फ्रेन्चाइजीहरुलाई उनको नाम पठाइसकेको छ, तर कुनै पनि फ्रेन्चाइजीहरु एउटा खेलाडीका लागि यति चर्को रकम हाल्न सक्ने स्थितिमा छैनन् ।

भारतबाट सुरेश रैना र शिखर धवनले ३ करोड डिमान्ड गरेका हुन् । उनीहरुसहित १५ जना भारतीय खेलाडीले एनपीएलका लागि आफ्नो नाम पठाएका छन् ।

एनपीएल खेल्न इच्छुक अन्य भारतीय खेलाडीमा दिनेश कार्तिक, रोविन उत्थप्पा, मोहम्मद कैफ, अम्बाति रायडु, केदार जादव, स्टुअर्ट बिन्नी, अमित मिश्र, विनय कुमार, प्रज्ञान झा, प्रविन तेम्बे, आरपी सिंह, मनिन्दर विस्ला र इकबाल अब्दुल्ला रहेका छन् । यी सबै खेलाडी भारतीय राष्ट्रिय टीमबाट रिटायर्ड भइसकेका छन् ।

एनपीएलमा नेपाली मार्की खेलाडीहरुले बढीमा २० लाख रुपैयाँ पाएका छन्, तर विदेशी खेलाडीका लागि क्यानले कुनै पनि सीमा निर्धारण गरेको छैन । उनीहरुले जति मूल्य पनि तोक्न सक्छन् । ५० हजार डलरभन्दा बढी तोक्नेलाई ‘ए’, २५ हजार डलरभन्दा बढी तोक्नेलाई ‘बी’ र ५ हजार डलरभन्दा बढी तोक्नेलाई ‘सी’ श्रेणीमा राखेर वर्गीकरण गरिएको छ । अधिकांश फ्रेन्चाइजहरु ‘बी’ र ‘सी’ श्रेणीका विदेशी खेलाडीका लागि लागिरहेका छन् ।

प्रायः रिटायर्ड भइसकेका र उमेर छिपिएकाहरु भएको तथा मूल्य पनि चर्को राखेकाले फ्रेन्चाइजहरुले भारतीय खेलाडीप्रति रुचि नदेखाएको क्यान स्रोत बताउँछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -